राप्ती ।नेपाली काँग्रेसको आजदेखि शुरु भएको वडा अधिवेशनको क्रममा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ को मतदान केन्द्रमा सोमवार तोडफोड भएको छ ।
वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बेला पार्टी सभापति शेरबहादुर देउवा निकटका युवाहरुले असन्तुष्टी जनाउंँदै मतदान केन्द्रमा तोडफोड गरेका हुन् । उनीहरुले मतदान अधिकृत रामनाथ ढकाललाई समेत हातपात गरेको काँग्रेसका नगर सभापति नारायण उप्रतीले जानकारी दिए ।
असन्तुष्ट युवाहरुले माइनुट,खातापात च्यात्नुका साथै कुर्ची टेलब टोडफोड गरेको नगर सभापति उप्रेतीको भनाई छ । मतदान केन्द्रमा तोडफोड भएपछि सो वडाको अधिबेशन स्थगित गरिएको छ ।राप्तीमा ९ वटा वडामा सर्वसम्मत नेतृत्व छनौट भएको छ भने ३ वटा वडामा मतदान भएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु