चितवन । कामना सेवा विकास बैंक नारायणगढ शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । आज बैंकको लायन्स चोक शाखाको परिषरमा बैंकका कर्मचारी र अन्य गरी ६२ जनाले रक्तदान गरेका हुन् ।
संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।
रक्तदान कार्यक्रममा बोल्दै बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले कोरोना जोखिम र निशेधाज्ञाका कारण जिल्लाका अस्पतालहरुमा रगतको अभाव कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । ‘जिल्लाका अस्पतालहरुमा रगतको अभाव भएको थाहा पायौं, भण्डारीले भने, यो यसलाई सहजिकरण गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’ विगतका दिनमा पनि बैंकले सामाजिक यस्ता विभिन्न कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने उनको भनाई छ ।
भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं रेडक्रसका जिल्ला सदस्य महेश्वर थपलिया प्रमुख अतिथिको रुपमा सहभागी थिए । कार्यक्रमको संयोजन विन्दु सिंजाली मगरले गरेकी थिइन् । बैंकको हालसम्म देशभर १२९ वटा शाखा रहेका छन ।