चितवन । नेपाली सेनाको एसएमजी गन चोरीको अभियोगमा भरतपुर कारागारमा रहेका सेनाका अमलदार लवकुमार गुरुङ्ग र सिपाही सरोज तामाङ्ग आज सांँझ ५ बजेतिर भरतपुर कारागार बाट छुटेका छन । सेनाको बिशेष अदालतले चोरी भएको सेनाको उक्त हतियार गंगाधर ढकालले लगेको पुष्टि गरेपछि उनीह्रु निर्दोष ठहरिएका हुन् ।
आज सैन्य बिशेष अदालतले पत्राचार गरी छुटाउने आदेश दिएपछि उनीहरुलाई जेलबाट छुटाईएको कारागारका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए । उनीहरु रिहा भएलगत्तै आजैबाट पुर्नबहाली हुनेछन । कालीप्रसाद गण भरतपुरमा उनीहरुले पुनः पुर्नबहाली हुने बताइएको छ । पुर्नबहाली भएपनि उनीहरु थप तीन बर्ष बढुवा भने रोक्का हुनेछ । एसएमजी चोरी र राम्रोसंग डिउटी नगरेको भन्दै सैन्य अदालतले गुरुङ्गलाई १० बर्ष र तामाङ्गलाई ७ बर्ष जेल सजायंँ सुनाएको थियो ।
उनीहरुलाई २०७५ साल १२ महिना २८ गते जेल चलान गर्न फैसला सुनाएको थियो । उनीहरु भ्mण्डै सांँढे २ बर्षपछि जेलमुक्त भएका हुन् । भरत गुरुङ्गको हत्या अभियोगमा जन्मकैद फैसला सुनाईएका ढकालले आफुले उक्त एसएमजी गन चोरेको साविती बयान दिएपछि उनीहरु थुनामुक्त भएका ह्न् ।
सेनाको एसएमजी चोरीको अभियोगमा कैद भुक्तान गरेका दुई सैनिक निर्दोष भएपछि छुटे
सेनाको एसएमजी चोरीको अभियोगमा कैद भुक्तान गरेका दुई सैनिक निर्दोष भएपछि छुटे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु