चितवन । सामाजिक क्षेत्रमा सक्रिय चितवन रोटरी क्लबको ३४ औ स्थापना दिवस भव्यरुपमा सम्पन्न भएको छ । भरतपुर –१० स्थित उकालोमा रहेको रोटरी भवनमा चितवनमा क्रियाशील सामाजिक सस्थाहरुका अध्यक्ष लगायत रोटरियन ,स्पाउज,रोट्रयाक्टर एबम सस्थापक पदाधिकारी सद्स्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम को अध्यक्षता चितवन रोटरी क्लबका अध्यक्ष भानु शर्माले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अथिती रोटरी डिस्टिक ३२९२ का पुर्ब गभर्नर एबम क्लब का पुर्ब अध्यक्ष रबिन्द्र पियाले रोटरी अन्तर्राष्ट्रिय का गतिबिधिहरु र भुमिकाबारे बताउदै सामाजिक सेवामा क्लबले गरेका कामहरुले सबैलाइ प्रेरणा दिन सफल भएको बताउनु भयो । सस्थापक उपाध्यक्ष एबम क्लबका पुर्ब अध्यक्ष समाजसेवी महेन्द्रलाल प्रधानले विगतको ईतिहास र हालको आबश्यकता बारे बिस्तृत जानकारी गराउनु भयो ।क्लबले गरेका ग्लोबल ग्रयान्ड सम्बन्धी बिस्तृत जनाकारी क्लबका उपाध्यक्ष राजन पियाले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बर्ष २०२७–२८ का डिस्ट्रीक गभर्नर प्रोफेसर डा. आइ पी ढकाल ,लायन्स अन्तराष्ट्रिय डिस्ट्रीक ३२५बि का २०२५–२६ का गभर्नर नवराज सापकोटा, रोट्र्याक्ट क्लब चितवनका अध्यक्ष युगल श्रेष्ठ ,उध्योग बाणिज्य संघ चितवन का अध्यक्ष सुमन श्रेष्ठ ,छिमेकी क्लब हरुको तर्फबाट रोटरी क्लब गोर्खा का पुर्ब अध्यक्ष पवन रमण खनाल ,असिस्टेन्ट गभर्नर हरि सुबेदी ,समाजसेबी सरस्वती रिजाल,सस्थापक सदस्य चिरञ्जीवी श्रेष्ठ लगायतले रोटरी र समाजसेवाको बारेमा आ आफ्नो अनुभव र बिचारहरु व्यक्त गर्नु भएको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका अध्यक्ष भानु शर्मा र उद्घाटन प्रमुख अतिथी रबिन्द्र पियाले फुलको गमलामा पानी हालेर गर्नुभएको थियो । नेपालको राष्ट्रिय गान र रोटरी गान बाट सुरु भएको कार्यक्रमको अन्त्यमा निर्बाचित अध्यक्ष रामचन्द्र अधिकारी ले धन्यवाद ज्ञापन गरि समापन गरिएको थियो ।