चितवन । भरतपुरमा रहेको अङ्कुरम् एकेडेमीले विज्ञान पढाउने शिक्षकहरुका लागि बिहीबार सौराहामा तालिम सम्पन्न गरेको छ ।
अङ्कुरम् एकेडेमीका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा थिए । भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी विशिष्ट अतिथि रहेको उद्घाटन कार्यक्रममा अङ्कुरम्का प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य दिएका थिए ।
तालिममा चितवन र नवलपुरका सामुदायिक एवं संस्थागत विद्यालयका ६५ जनाभन्दा धेरै शिक्षक सहभागी भएका छन् । तालिमको प्रमुख प्रशिक्षक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नास्ट० का प्रा। डा। दिनेशराज भुजु थिए । प्रा। डा। भुजुले सहभागी शिक्षकहरुलाई विज्ञान र प्रविधिका विविध आयामबारे जानकारी गराएका थिए ।
विषय शिक्षकहरुलाई केन्द्रित गरी अङ्कुरम् एकेडेमीले दोस्रो पटक यस्तो तालिम आयोजना गरेको हो । विज्ञान पढाउने शिक्षकहरुको क्षमता अभिवृद्धि, व्यावहारिक शिक्षाको प्रवद्र्धन र शिक्षकले विद्यार्थीहरुमा विज्ञानप्रति रुचि जगाउन सकून् भन्ने उद्देश्यले कार्याशाला आयोजना गरिएको आयोजकको भनाइ छ ।
यसअघि अङ्ग्रेजी पढाउने शिक्षकहरुका लागि यस्तै तालिम आयोजना गरेको अङ्कुरम्ले आगामी वर्ष वैशाख महिनामा कम्प्युटर शिक्षकहरुका लागि पनि तालिम आयोजना गर्दैछ ।