चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले विपन्न एवं पिछडिएका समुदायका विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । सोही वडामा रहेको श्री आधारभुत विद्यालय ब्रम्हपुरका ८७ विद्यार्थीलाई ट्रयाकसुट दिनुभएको हो । आज स्कुल परिषरमा आयोजिक एक कार्यक्रमका बीच उहांँले त्यहांँ अध्ययनरत विद्यार्थीलाई ट्याकसुट वितरण गर्नुभएको थियो ।
वितरणपछि बोल्दै समाजसेवी भट्टले आफ्ना वडामा रहेका विद्यालयका विपन्न विद्यार्थीहरुको अध्ययन अध्यापनमा सहयोग पुगोस भन्ने हेतुले ट्रयाकसुट वितरण गरिएको बताउनुभयो । ‘यो वडाका कुनैपनि विद्यार्थीले आर्थिक अभावमा शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस भन्ने हेतुले सहयोग गरेको हुंँ, भट्टले भन्नुभयो, यसअघि पनि मैले वडाका अन्य विद्यालयहरुमा पनि शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छु ।
’ उहांँले आगामी दिनमा पनि विद्यालयलाई सहयोग निरन्तर दिने बताउंँदै अक्षयकोषको लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजसेवी भट्ट विगत २० बर्षदेखि विभिन्न संस्था तथा कमजोर आर्थिक अवस्था भएका समुदायलाई सहयोग गर्दै आउनु भएको छ । उहांँ सेतीदवी सामुदायिक वनको पूर्व अध्यक्ष एवं सानोगढी खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष हुनुहुन्छ ।
सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले यो सहयोगले विद्यार्थीलाई विद्यालयमा नियमित आउन सहयोग पुगेको बताउनु भयो । ‘विद्यालयमा सबैजसो विद्यार्थीहरु न्यून आर्थिक अवस्थाका रहेको भन्दै उहांले भन्नुभयो, यहांँ हुंँदा खाने विद्यार्थीहरुको ९० प्रतिशत बाहुल्यता छ , यो न्यानो कपडा सहयोगले विद्यार्थीलाई हौसला मिल्छ भन्ने ठानेको छु । ’उहांँले भट्टको मनकारी मनको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
उहांँले विद्यालयमा खेलकुद मैदानको अभावका साथै आधुनिक फर्निचर, खेलकुद सामाग्री कम्युटर, प्रोजेक्टर , डिजीटल बोर्ड लगायतको प्रविधिको अभाव रहेको उहांँले जानकारी दिनुभयो । सिमिति श्रोतसाधनबाट विद्यालय सञ्चालन गर्दै आएको भन्दै प्रअ सुबेदीले अन्य दाताबाट पनि सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा सहयोगको कदर गर्दै विद्यालयले भट्टलाई सम्मान गरेको थियो ।
चारकठ्ठा क्षेत्रफलमा मात्र रहेको यस विद्यालयमा दलित, आदिवासी, सिमान्तकृत समुदायले अध्ययन अध्यापन गर्दछन । कक्षा १ देखि ८ सम्म अध्ययन हुंँदै आएको यस विद्यालयमा २७० जना विद्यार्थी अध्ययनरत छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर अधिकारीका अध्यक्षतामा सम्पन्न वितरण कार्यक्रममा समितिका सदस्य, अभिभावक , शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।