चितवन । भरतपुर–१३ स्थित गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । माघ १३ देखि विभिन्न शैक्षिक तथा खेलकुद गतिविधि गरी बार्षिकोत्सव मनाएको हो । स्कुलले अन्तरटोलस्तरीय आमा समुह हाजिरी जवाफ, प्रतियोगिता , फुटबल प्रतियोगिता, विज्ञान प्रर्दशनी एवं विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएको हो । साताव्यापी कार्यक्रमको समापन आइतबार भएको थियो ।
समापन कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलका प्राचार्य लीलानाथ चापागाईंले विभिन्न आरोह अवरोहबीच स्कुलले पछिल्लो बर्षहरुमा गतिलिदैं गएको बताउनु भयो । ‘हामीले विभिन्न आरोह अवरोह बीच स्कुललाई यो अवस्थामा ल्याएका छौं, उहांँले भन्नुभयो, हाम्रा अभिभावकले आफ्नै वडाको स्कुललाई माया गरी बालबालिकालाई अध्ययन अध्यापन गराउन अनुरोध गर्दछु ।’ वडाकै एकमात्र नीजि विद्यालयको रुपमा रहेको उक्त विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर एवं अतिरिक्त क्रियाकलाप लगायतका बिषयलाई प्राथमिकता दिएको उहांँले बताउनु भयो । शिक्षकहरु एकताबाट स्कुलले प्रगति गरेको भन्दै उहांँले जिल्लाका अन्य उत्कृष्ट स्कुलमा यो स्कुल पुग्न सकेको समेत उहांँले बताउनु भयो ।
कार्यक्रमका प्रमुखअतिथि एवं भरतपुर–१३ का वडा अध्यक्ष प्रकाश दवाडीले बन्द हुने चरणमा पुगेको विद्यालयले प्रगति हासिल गरेकोमा प्रशंसा गर्दै सीप तथा व्यवहारिक शिक्षालाई अघि बाउन सुझाव दिनुभयो । विद्यालयको शैक्षिक उनन्नयनमा वडाले कुनै कसर बांँकी नराख्ने भन्दै उहांँले विद्यार्थी तथा अभिभावकलाई आकर्षण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहांँले शिक्षा र ज्ञान प्राप्त गर्न भौगोलिक स्थानले कुनै फरक नपर्ने भन्दै आगामी दिन गोल्डेन फ्युचर स्कुल जिल्लाकै नमुनमा स्कुल बन्ने विश्वास व्यक्त गर्नुभयो । उहांँले स्कुलले आगामी दिनमा व्यवहारिक शिक्षामा बढी जोड दिनुपर्ने भन्दै स्कुलको खाली जग्गामा कृषि खेती प्रणालीमा विद्यार्थीलाई समावेश गराउनु पर्नेमा समेत सुझाव दिनुभयो । भरतपुर मेट्रो प्याव्सनका सल्लाहाकार अरविन्द प्रताप राणाले अब सबै नीजि विद्यालयहरु स्कील बेस्ड टिचिङ प्रणालीमा जानुपर्ने बताउनु भयो । शिक्षकहरुको टीमवर्कबाटनै गुणस्तरीय शिक्षा प्राप्त हुने भन्दै उहांँले व्यवहारिक, सीपमुलक शिक्षाका साथै डिजिटलाईजेशनमा जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्कुल समितिका सल्लाहाकार, विभिन्न स्कुलका प्राचार्य एवं शिक्षक, वित्तिय संस्थाका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्कुलले प्रकाशन गरेको स्मारिकाको समेत विमोचन गरेको थियो । सो अवसरमा स्कुलमा शैक्षिक , खेलकुद एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी एवं समुहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमक स्कुल व्यवस्थापन समितिका अधयक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्व्मा सम्पन्न भएको थियो ।
एकविघा बढी क्षेत्रफल ओगटेको गोल्डेन फ्युचरमा २२ कोठे सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको छ ।
स्कुलमा हाल कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । स्कुलमा हाल तीनसयभन्दा बढी विद्यार्थी अध्ययन अध्यापन गर्दछन ।
रचनात्मक कार्यक्रम गरी गोल्डेन फ्युचर स्कुलले मनायो बार्षिकोत्सव
रचनात्मक कार्यक्रम गरी गोल्डेन फ्युचर स्कुलले मनायो बार्षिकोत्सव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु