चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मस्र्याङदी टोल विकास संस्थाको १४औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । गत बर्ष भएको अधिबेशन पछि निर्वाचित पदाधिकारीले टोलमा भए गरेका काम र आगामी योजनाका बारेको जानकारी सहित साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा कार्यक्रमको प्रमुख अतिथी वडा नम्बर ७ का कार्यबाहक वडा अध्यक्ष मिन बहादुर गुरुङ र बिशिष्ठ अतिथि वडा सदस्य अमृता गौतम रहनु भएको थियो ।
साधारणसभामा संस्थाका सचिव पृतिमा ठाडा मगरले संस्थाले एक बर्षको अवधिमा भए गरेका काम र प्रगतिका बारेमा तथा संस्थाका कोषाध्यक्ष शिव श्रेष्ठले आय व्यय तथा खर्च कोष लगायत आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सोही कार्यक्रममा टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै विभिन्न समयमा वडामा भएका खेलकुद प्रतियोगितामा समाबेश भै बिजयी खेलाडीहरु लाई कदर पत्र तथा टोल विकास संस्था लाई सहयोग प¥ुयाउने टोलका अगुवाहरु लाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी सो अवसरमा गत बर्षको प्रवेशिका (एसईइ )परिक्षामा सर्बोकृष्ट नतिजा ल्याउने टोलका २ जना सदस्यका छोराछोरी लाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा अतिथिहरु संस्थाका संस्थापक अध्यक्ष हितमान गुरुङ , पुर्व अध्यक्षहरु ज्ञानु लौडारी ,प्रकाश सापकोटा तथा निबर्तमान अध्यक्ष केदारनाथ बोहरा लगायतले साधारणसभाको सफलताको कामना गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष नवीन रेग्मीले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कालीमाया गुरुङ र संचालन सचिव पृतिमा ठाडाले गर्नु भएको हो । हाल टोल विकास संस्थामा १ सय ८७ घर परिवार आवद्ध रहेका छ्न ।