चितवन । देवघाटमा जारी महामहोत्सवमा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य डा. सशांक कोइरालाले गण्डकी सभ्यता र धार्मिक धरोहरको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहांँले िनेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताउंँदै धर्म सापेक्ष , निरपेक्ष नभई स्वतन्त्र हुनुपर्ने बताउनु भयो ।
उहांँले भन्नुभयो , “नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू छन्। यो मुलुक हिन्दू राष्ट्र नै हुनुपर्छ। धर्म सापेक्ष पनि होइन, निरपेक्ष पनि होइन, धर्म स्वतन्त्र हुनुपर्छ। म हिन्दू राष्ट्र स्थापनाका लागि सधैं वकालत गर्छु।“
डा. कोइरालाले नेपालमा बढ्दो भ्रष्टाचारलाई मानव प्रवृत्तिसँग जोड्दै, पैसाको पछि मात्रै लाग्दा समाजमा नैतिकता हराउँदै गएको समेत बताउनु भयो । उहाँले धर्म र नैतिक शिक्षाको अभावले समाजमा विकृति बढेको तर्क गर्दै, धार्मिक आस्था बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कोइरालाले हिन्दू राष्ट्रको वकालत गर्दै, धार्मिक पर्यटन प्रवद्र्धन र धार्मिक धरोहरको संरक्षण आवश्यक रहेको समेत बताउनु भयो ।
देवघाट महामहोत्सवका सत्संकल्पकर्ता इश्वरकृष्ण महाराजले हिन्दू राष्ट्र स्थापनाका लागि डा. सशांक कोइरालालाई पहल गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो , “हामी कुनै दलको विरोधी होइनौं, तर जुन दलले हिन्दू राष्ट्रको मुद्दा उठाउँछ, हामी त्यही दललाई समर्थन गर्नेछौं।“ उहाले देवघाट महामहोत्सवजस्तै धार्मिक महोत्सवहरूले समाजमा आस्थाको पुनर्जागरण मात्र नभई, आर्थिक र सामाजिक रूपमा समेत योगदान दिन सक्ने बताउनु भयो ।
इश्वरकृष्ण महाराजले हिन्दू धर्म र नेपाली सभ्यताको रक्षाका लागि सम्पूर्ण धार्मिक, सामाजिक, र राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मातापिता आश्रम निमार्णाथ जारी महामहोत्सव माघ ३० गतेसम्म चल्नेछ ।
.