चितवन। इलेक्ट्रीक गाडी सिजी मोटर्सको आधिकारिक बिक्रेता युरो मोटर्स भरतपुरको सहकार्यमा इलेक्ट्रीक यात्रुबहाक बसको नियमित परीक्षण शुरु गरिएको छ । कम्पनीले गाडी चालक तथा धनीहरुलाई नियमित परीक्षण गर्न सर्भिस सेन्टरमा आउन नपरोस भन्ने हेतुले निःशुल्क घरदैलो चेकअप क्याम्प शुरु गरेको हो ।
माघ १० गतेबाट भरतपुर बसपार्कबाट घरदैलो क्याम्प शुरु गरिएको युरो मोटर्स बिजनेश प्रमुख विशाल पौडेलले जानकारी दिए ।‘ हामीले सिजी मोटर्सको सहकार्यमा घरदैलो चेकअप क्याम्प शुरु गरेका छौं, पौडेलले भने, इभी गाडीमा आउने समस्या र उहांँहरुको समय बचत गर्न पनि यो क्याम्प गरिएको हो ।’ उनका अनुसार भरतपुरबाट हेटौंडा,विरगञ्ज , पोखरा, काठमाडौ, बुटवल लगायतका रुटमा चल्ने इभी यात्रुबहाक माईक्रो बसको ब्रेक, एयर कण्डिसन, कुलिङ्ग, क्राउन कडिसन ,ह्वील, ब्याट्री , सेन्सर प्रणाली लगायतका इभी गाडीका समस्या परीक्षण र मर्मत गरिएको छ ।
कम्पनीका इञ्जिनियर, टेक्निसियन र लेवर लगायतको टोलीले हालसम्म ती रुटमा चल्ने ४० वटा इलेक्ट्रिक यात्रुबहाक माईक्रो बसको परीक्षण तथा मर्मत गरेको उनले जानकारी दिए। आगामी दिनमा पनि चितवनका अन्य ठाउंँमा पनि यो सेवालाई सुचारु गरिने उनको भनाई छ ।
युरो मोर्टसले केवाईसी, किंगलंंग मोडलका यात्रुबहाक माइक्रोबस बिक्री गर्दै आएको छ भने । नीजि गाडीमा नेटा, नेटाभी, नेटा एक्स, रिडारा, डायुन, जिएसी, एक्सेन्ग अवतार भेरियन्टका नीजि इभी गाडी बिक्री गर्दछ ।