भरतपुर । रोटरी क्लव अफ चितवनको आयोजनामा डिष्ट्रिक गभर्नर भ्रमण कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष भानु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी अन्तर्राष्ट्रिय ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचन प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा पुर्व डिष्ट्रिक गभर्नर रबिन्द्र पिया, एसिस्टेण्ड गभर्नर हरि प्रसाद सुवेदी, सहसचिब अशोक मान कपाली विशिष्ट अतिथि रहनु भएको थियो ।
गभर्नर शेरचनले क्लबका अध्यक्ष भानु शर्मा, सचिब पुरुशोत्तम रिजाल र निर्बाचित अध्यक्ष रामचन्द्र अधिकारीसंग समग्र अवस्था र योजनाहरुबारे जानकारी लिनु भएको थियो ।
कार्यक्रममा क्लव एड्मिन चियर लोमस अधिकारी, सर्भिस प्रोजेक्ट चियर डा. मनोहर प्रधान, मेम्बरसिप चेयर इ.पुरन सुवेदी, रोटरी फाउन्डेसन चेयर गोपाल गैरे, पब्लिक इमेज ऋषि राम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
रिपोर्ट पेश गरिसकेपछि डिष्ट्रिक गभर्नर शेरचनद्धारा रिपोर्टको बारेमा थप जानकारी माग र रोटरी अन्तर्राष्ट्रिय एबं डिष्ट्रिकका योजना एबं लक्ष्यहरु बारे प्रष्ट पार्नु भएको थियो । सो अवसरमा नयाँ सदस्य कृष्ण रिजाल र पंकज अग्रवाललाई स्वागत सहित सपथ ग्रहण गराईएको थियो ।
यसैबीच रोटरी क्लव अफ चितवनको नियमित साप्ताहिक बैठक सम्पन्न भएको छ । रोटरी क्लब चितवन अन्तर्गत रहेका रोट्याक्ट क्लव र अन्कुरम, सनराइज र ग्रीनल्याण्ड स्कुलका इन्ट्याक क्लबका अध्यक्ष सचिब लगायतका पदाधिकारीहरुसँग अन्तरक्रिया बैठक सम्पन्न भएको हो ।
मेरुदण्ड पक्षघात भएका बिरामी हरुलाई पुनःस्थापन का लागि सञ्चालन गर्न लागियेको नारायणगढ नयाँसडक स्थित उदयकुमार चमेलिदेबी स्पाइनल पुनःस्थापन केन्द्र एबं रोटरी अन्तराष्ट्रियबाट सहयोग आएको ३० थान भेन्टिलेटर चितवन मेडिकल कलेजको इन्टेन्सिभ केयर युनिट परियोजनाको अनुगमन गरिएको थियो ।