चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधिन मातापिता सेवा आश्रममा आफ्ना दिवंगत आमा सिता दाहाल र भाई प्रकाश दाहालको स्मृतीमा एउटा वटा कोठा निर्माण गर्ने घोषणा गर्नुभएको छ । देवघाटमा जारी देवघाट महा–महोत्सवमा सहभागी हुने क्रममा मातामिता सेवा आश्रमको ३६५ कोठा मध्ये एक वटा कोठा आमा र भाईको स्मृतीमा व्यक्तिगत खर्चमा निर्माण गर्ने घोषणा गर्नुभएको हो ।
सो अवसरमा मेयर दाहालले देवघाट महामहोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजको सत्संकल्पमा आयोजित यस धार्मिक महोत्सवको प्रशंसा गर्नुभएको थियो । उहांँले महोत्सवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक, र सामाजिक चेतनालाई बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउँदै यस्तो आयोजनाले देवघाट क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने विश्वास व्यक्त गर्नुभयो ।
बृद्ध मातापिताको सेवा गर्ने हेतुले परिकल्पित मातापिता सेवाश्रममा निर्माणाधीन ३६५ कोठामध्ये एक कोठा आफ्नी दिवंगत आमा सीता दाहाल र दिवंगत भाइ प्रकाश दाहालको स्मृतिमा निर्माण गर्ने दाहालले घोषणा गर्नुभएको हो । उहाँले आफ्ना दिवंगत परिवारजनको स्मृति र योगदानलाई सम्मान गर्दै यो पुण्य कार्यमा सहभागी हुन पाउँदा गर्वको अनुभूति भएको समेत बताउनुभयो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्र, स्थानीय प्रशासन, तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागीहरुले माघ महिनाभर चल्ने यो धार्मिक महोत्सवलाई नेपाली संस्कृति र धर्मप्रतिको प्रेमको प्रतीकका रूपमा अघि वढेको बताएका छन् ।
मातापिता सेवाश्रममा निर्माणाधीन ३६५ कोठाले वृद्धवृद्धा, असहाय, र सेवाको आवश्यकता भएकाहरूलाई आश्रय प्रदान गर्ने उद्देश्य राखेको छ । महामहोत्सवमा १० करोड रुपैंया संकलन गर्ने लक्ष्य रहेको छ । महा–महोत्सवमा जग शीला पूजन, अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठ, अर्बौ रामनाम लेखन, र दीप प्रज्वलनजस्ता धार्मिक कार्यक्रमहरू भैरहेका छन् ।
महानगर प्रमुख दाहालद्धारा आश्रमको कोठा निर्माणको घोषणा
महानगर प्रमुख दाहालद्धारा आश्रमको कोठा निर्माणको घोषणा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु