चितवन । पवित्र तिर्थस्थल देवघाट धाममा रु २ अर्बको लागतमा देवघाटमा बृद्धाआश्रम निर्माण गरिरहेको छ । विश्व जागरण महाअभियान ट्रष्टले दिव्यधाम तथा माता–पिता आश्रम निर्माणका लागि देवघाट महामहोत्सव २०८१ गर्न लागेको हो । माघेसंक्रान्ति देखि एक महिना सम्म महोत्सव संञ्चालन गरिने आज देवघाटमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
महोत्सबका संयोजक डा. केशवराज भूर्तेलका अनुसार यही माघ १ गते देखि ३० गते सम्म एक महिना लामो महोत्सव गर्न लागिएको हो । धार्मिक, सामाजिक र संस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान पु¥याउने दृष्टिले यो महोत्सबको आयोजना गर्न लागिएको जानकारी डा. भुर्तेलले बताए । निर्माणाधीन अबस्थामा रहेको माता–पिता आश्रममा ३६५ वटा कोटा निर्माण गरी बृद्धबृद्धाहरुलाई निःशुल्क रुपमा सुरक्षित, सुविधा सम्पन्न र धार्मिक बातावरण प्रदान गर्ने उद्देश्यले महामहोत्सव गर्न लागिएको हो ।
२० रोपनी जग्गामा निर्माण गर्न लागिएको आश्रममा बृद्धबृद्धाहरुलाई निशूलक आवास र भोजनको व्यवस्था गरिने ट्रष्टका संस्थापक ईश्वरकृष्ण महाराजले जानकारी दिए । हालसम्म सो भवनमा १२० वटा कोठाहरु निर्माण गरिएको र अन्य संरचना निर्माणको क्रममा रहेको उनले बताए । आश्रम संगै पत्थरबाट निर्मित कलात्मक दिव्यधामको समेत निर्माण गरिने सो अबसरमा जानकारी दिईयो । महामहोत्सवमा अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठको सामूहिक पारायण, १ लाख २५ हजार श्रीफलको हवन, १ लाख शीला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन तथा पूजन, ३३ कोटी दीपहरुको प्रज्ज्वलन, कथा÷प्रवचन कार्यक्रक जसमा सुश्री अनुराधा पाण्डे, पूज्या देवी प्रतिभा, यशोदा माताजी, युवा कथा बाचक ओमप्रकाश सुवेदी लगायतले कथा वाचन गर्नेछन ।
यस महामहोत्सवमा दैनिक १० हजार भक्तजनहरुको निःशुल्क भोजन र आवासका लागि व्यवस्था गरिएको छ । यस महोत्सबबाट रु १० करोड संकलन हुने अनुमान गरिएको र संकलित रकमको ५ देखि ७ प्रतिशत मात्र खर्च हुने संयोजक डा. भुर्तेलको भनाई छ ।
माघ १ देखि ३० सम्म देवघाटमा महामहोत्सव : संकलित रकमले बृद्धा आश्रम निर्माण सम्पन्न गरिने
माघ १ देखि ३० सम्म देवघाटमा महामहोत्सव : संकलित रकमले बृद्धा आश्रम निर्माण सम्पन्न गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु