चितवन । देशकै ठूलो महोत्सवको रुपमा मानिएको चितवन महोत्सव यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको १५ औं चितवन महोत्सव २०८१ हुने भएको हो ।
चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । महोत्सवमा वंगलादेश तथा पाकिस्तानबाट समेत स्टल बुकिङ्ग भएको उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो ।
प्रत्येक २÷२ वर्षमा हुँदै आएको महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा दिने उद्देश्यले आयोजना गरिने महोत्सवमा पु¥याउदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले आयोजना गरिने यसपटकको महोत्सवमा ४३० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘बिशेषगरी व्यवसायिक , कर्पोरेट स्थानीय उत्पादनका स्टलहरुलाई प्राथमिकता दिईएको छ , अध्यक्ष श्रेष्ठले भन्नुभयो, वंगलादेश, पाकिस्तानका व्यवसायीहरु पनि आउनु हुनेछ । ‘हालसम्म सबैजसो स्टलहरु बुकिङ्ग भइसकेका छन, केही स्टलहरु सामाजिक संस्थालाई निशुल्क राखिएको छ ।’ उनले भने ।
महोत्सवको टिकट शुल्क सर्वसाधारण लागि १०० र विद्यार्थीका लागि ५० रुपैँया तोकिएको छ । त्यस्तै टिकट भौतिक रुपमा र अनलाइनबाट समेत पनि खरिद गर्ने व्यवस्था रहेको आन्तरिक तथा वाह्य पर्यटकसहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ भने १५ दिनको अवधिमा करिब ३० करोड भन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको उहांँले बताउनु भयो । महोत्सवमा केराको बोटबाट दिनहुंँ रेसा निकाल्ने तथा बेरोजगार युवाहरुलाई रोजगारका कार्यक्रम समेत सञ्चालन गरिने श्रेष्ठको भनाई छ ।
परम्परागत खानाको प्रवद्र्धनका लागि विगतका महोत्सवहरूमा सञ्चालन हुँदै आएको फुड फेस्टिभललाई यस वर्ष पनि निरन्तरता दिएर पौष २८ देखी माघ ७ गतेसम्म नारायणगढ कै क्याम्पाचौर सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, प्रत्येक दिन स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो । महोत्सवमा बाल उद्यान तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरु प्रस्तुति रहने आयोजकले जनाएको छ ।