चितवन । रोटरी क्लब चितवनले चितवनका विकट चेपाङ्ग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
राष्ट्रिय आधारभुत बिद्यालय पामडाडा,इच्छाकामना गाउँपालिका –५का चेपाङ्ग विद्यार्थीलाई बच्चालाई १÷१ थान स्वेटर प्रदान गरिएको हो । सो क्रममा बोल्दै क्लबका अध्यक्ष भानु शर्माले जाडोमा न्यानो कपडाले विद्यार्थीलाई विद्यालय आउन सहज होस भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको बताउनु भयो । सो अवसरमा अध्यक्ष शर्माले रोटरी को पोलियो अभियान ,शिक्षा ,स्वास्थ ,खानेपानी ,सरसफाइ र बाताबरण को क्षेत्रमा गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । ः बिद्यालयका प्रधानाध्यापक यन बहादुर गुरुङले क्लबले गरेको सहयोग प्रति धन्यवाद एवं आभार प्रकट गर्नुभयो ।
क्लबले रुथ मेमोरियल ट्रुस्ट र मनकामना फाउन्डेसनको सहयोगमा १५० थान न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा निर्वाचित अध्यक्ष रामचन्द्र अधिकारी,उपाध्यक्ष गेहेन्द्र श्रेष्ठ ,सहसचिब– जनक ढकाल
सञ्चालक समितिका स्थानिय ब्यक्ती,शिक्षक लगायतको सहभागिता थियो । क्लबका उपाध्यक्ष राजन पियाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता भानु शर्माले गर्नुभएको हो ।