चितवन । राइनो कप खुला महिला भलिवल प्रतियोगिताको उपाधि संगाती युवा क्लबले जितेको छ । हिमालय भलिवल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयिजक टोलीलाई पराजित गर्दै संगातीले उपाधि उचालेको हो ।
हिमालय दण्डपाणी मावि भरतपुर १३ को मैदानमा भएको उपाधि भिडन्तमा संगातीले हिमालयलाई ३–१ को सेटमा पराजित ग¥यो । खेलको पहिलो सेटमा हिमालय २५–२३ ले विजयी भएको थियो । तर त्यसपछिको कमब्याक गरेको संगातीले लगातार तीन सेटमा जित निकाल्यो ।
संगातीले दोस्रो सेट २५–२३, तेस्रो सेट २७–२५ र तेस्रो सेट २५–१० ले जित्दै उपाधि कब्जा गरेको हो । विजेता संगातीले उपाधिसहित ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित हिमालयले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक रामहरि ढकालले जानकारी दिए ।
हिमालयकी रिमा कुँवर प्रतियोगिताभरको उत्कृष्ट खेलाडी बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् । संगातीकी शर्मिला दमाई उत्कृष्ट सेटर, भावना डाँगी उत्कृष्ट सेटर, चन्द्रा बस्नेत उत्कृष्ट लिबरो, हिमालयकी रिता बोहरा उत्कृष्ट सर्भर बनिन् । संगातीका बाबुराम महतो उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही दुई–दुई हजार रुपैयाँ प्राप्त गरे ।