चितवन । नेपाल सुनचांँदी व्यवसायी संघ चितवनको अध्यक्षमा हेमबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । संघको नवौं बार्षिक साधारण सभा तथा पांँचौ अधिवेशनले विश्वकर्मालाई सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा उत्सव खाती विक, प्रथम उपाध्यक्ष मात्रिलोक बिके रामदाम, द्धितिय उपाध्यक्षमा मोहन पन्थी, तृतीय उपाध्यक्षमा शोभा बराली, महासचिवमा गोपालबहादुर विक थापा, कोषाध्यक्षमा रमेशचन्द्र सदाशंकर, प्रवक्तामा लालबहादुर विक (सुरज), सचिवमा प्रेमबहादुर विक र सह–कोषाध्यक्षमा भिमप्रसाद विक चयन हुनु भएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा लक्ष्मण सेन्चुरी, खिमलाल सुनार, टिकाराम सुनार, अमृत सदाशंकर, दिपेन्द्र पौडेल, दिपकविश्वकर्मा र गुनबहादुर रामदाम (विक) रहेका छन् ।लेखा समिति संयोजकमा खड्क बहादुर विश्वकर्मा र सदस्यमा जीवन विश्वकर्मा, श्यामलाल विक, अनुगमन समिति संयोजकमा भोजराज सेन्चुरी र सदस्यहरुमा लक्ष्मण गजमेर र गोविन्द खाती रहनु भएको छ ।
यसैबीच संघ चितवनको नयाँकार्यसमिति, लेखा समिति र अनुगमन समितिलाई पद हस्तान्तरण गरिएको छ । अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति, लेखा समिति र अनुगमन समितिका सदस्यलाई शनिवार एक कार्यक्रमकाबीच सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक रमेश काफ्लेले नयाँ कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।