चितवन । भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा आगामी पुसको पहिलो सातादे ि चौंथो संस्करणको बिआइसी ह्याकाथन गर्ने भएको छ । बिआइसी ह्याकाथन एउटा कम्प्युटर कोडिङ प्रतिस्पर्धा हो । विगत केही बर्षदेखि बोस्टन सेन्टर फर इन्फरमेसन एण्ड टेक्नोलोजी क्लबले हरेक वर्ष ह्याकाथन आयोजना गर्दै आएको छ ।
आयोजक क्लबले आइतबार कलेजमा पत्रकार सम्मेलन गरी प्रतिस्पर्धाबारे जानकारी गराएको हो । ह्याकाथन प्रतिस्पर्धामा कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीले भाग लिन पाउने छन् । समूहगत प्रतिस्पर्धा भएकोले एउटा विद्यालयबाट तीन जना विद्यार्थीको समूहले भाग लिन पाउने संयोजक राधिका शिवाकोटीले जानकारी दिइन् ।
प्रतिस्पर्धामा सात वटै प्रदेशबाट विद्यार्थीहरुको सहभागिता रहने अपेक्षा आयोजकको छ । यो कार्यक्रममा सहभागी हुन समूह दर्ता गर्ने अन्तिम म्याद मंसिर २१ गते रहेको छ । हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट सात वटा कलेजको सहभागिता सुनिश्चित भइसकेको आयोजक क्लबले जानकारी दिएको छ ।
प्रतिस्पर्धाको विजेता समूहले ५० हजार रुपैयाँ पुरस्कार, रनिङ शिल्ड, स्वर्ण पदक र प्रमाणपत्र पाउने छ । अन्य विजेतातर्फ नवप्रवर्तन विचार समूहले २० हजार र सर्वोत्कृष्ट प्रविधि समूहले १० हजार रुपैयाँ पुरस्कार पाउने कलेजले जानकारी दिएको छ ।