चितवन । चितवन, नवलपुर, तनहुंँको संगम धार्मिक स्थल देवघाटमा देवपुर सांस्कृतिक महोत्सव हुने भएको छ । त्यहांँ रहेका विभिन्न जातजातीको भाषा, कला, संस्कृति, भेषभुषा रहनसहनको संस्कृतिको संरक्षण गर्ने उद्धेश्यसहित कात्तिक १४ गते आठौं सांस्कृतिक महोत्सव हुने भएको हो । आयोजक संस्था श्री गाउंँ सुधार समितिले आज पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो । महोत्सवमा देवघाट गाउंँपालिका संरक्षक रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष शुकलाल गुुरुङ्गले यहांँका जातजातीको संस्कृति संरक्षण र जर्गेना गर्ने उद्धेश्यले यस महोत्सवलाई निरन्तरता दिंँदै आएको बताउनु भयो । ‘यो गाउंँपालिका सानो छ तर यहांँ १३ जातजातीको बाहुल्यता छ , उहांँले भन्नुभयो, यसले देवघाटको धार्मिक पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्नेछ ।’
‘लोककला, संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नारासहित देवघाट गाउँपालिका–५ देवपुरस्थित डबली पार्कमा महोत्सवको तयारी पुरा भईसकेको उहांँले जानकारी दिनुभयो ।
महोत्सवको मुख्य आकर्षणको रुपमा गाउँपालिकास्तरीय खुला मौलिक कौराहा प्रतियोगिता, नचरी नाच, तामाङ सेलो, घाँटु, भजनलगायतका विभिन्न जातजातिको भेषभूषा प्रदर्शनी गरिनुका साथै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।
खुला कौराहा प्रतियोगीतामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले नगद १० हजार, तृतीय हुनेले नगद ७ हजार र सान्त्वना हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने महोत्सवको आर्थिक संयोजक प्रेम थापा मगरले जानकारी दिनुभयो ।
महोत्सवमा वरिष्ठ लोक तथा दोहोरी गायक अमरविरही गुरुङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरुङ, लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, पृथ्वी गुरुङ, गायिका आशा बिसी र जादुगर बलराम सरकारको प्रस्तुती रहनेछ ।
देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवपुर सांस्कृतिक महोत्सवले यस क्षेत्रका मौलीक कला ,संस्कृतिलाई संरक्षण गर्दै आएको बताउनु भयो । यो महोत्सवले पछाडि परेका जातजातिको उत्थानका लागि सहयोग पु¥याउनुका साथै पछिल्लो पुस्तालाई कला संस्कृति हस्तान्तरणमा समेत मदत पुग्ने बताउनु भयो ।
आगामी बर्षमा यसको दायरा फराकिलो पार्दै स्थानीय उत्पादनसंँग जोडेर मिनी महोत्सव गरिने योजना रहेको उहांँको भनाई थियो । महोत्सवमा ६ लाख खर्च हुने अनुमान गरिएको छ र महोत्सव एक दिनमात्र सञ्चालन हुनेछ ।