गैँडाकोट । नेपाली काँग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ बागमती प्रदेश कमिटीको अध्यक्षमा रामप्रसाद सुवेदी निर्वाचित भएका छन् । सुवेदीको नेतृत्वमा नवगठित १६ सदस्यीय कार्यसमितिलाई शनिबार गैँडाकोटमा पद हस्तान्तरण तथा सपथग्रहण गराइएको छ ।
समितिको उपाध्यक्षमा कपिलबहादुर बानियाँ, सचिवमा नारायण श्रेष्ठ, सहसचिवमा इन्द्रप्रसाद ढुंगेल, कोषाध्यक्षमा ईश्वरलाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी, केन्द्रीय सदस्यहरुमा हरिकृष्ण बस्नेत, यमबहादुर कार्की, राजसुन्दर रघु श्रेष्ठ, बद्रिप्रसाद पौडेल, गोपाल तामाङ, किसनकुमार रोक्का, केदार सापकोटा, सीताराम भट्ट, गणेश श्रेष्ठ, कविरकुमार रञ्जीतकार र नवराज घिमिरे निर्वाचित भएका छन् । निर्वाचित सबैलाई नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाले सफत ग्रहण गराएका थिए ।
कार्यक्रममा बानियासहित लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली काँग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।