चितवन । नेपाली सेनाबाट अवकाश प्राप्त पूर्व सेनाहरुको संगठन श्री सबुज गणले शुभकामना आदानप्रदान र वडा खानाको आयोजना गरेको छ । चाडपर्वको अवसर पारेर दशैंको दोस्रो दिन शुक्रबार भरतपुरको जलदेवी सामुदायिक वनको वनभोज स्थलमा आपसमा शुभकामना आदानप्रदान र वडा खानाको कार्यक्रम गरेको हो ।
गणका पूर्व सेनाहरुबीच आपसी भाइचारा र सद्भाव स्थापित गर्ने उद्धेश्यसहित पहिलो पटक यो कार्यक्रम राखिएको संगठनका अध्यक्ष एवं पूर्व सेकेन्ड लेफ्टिनेन्ट कृष्ण बहादुर गोदारले जानकारी दिनुभयो ।‘ हामीले देशभर छरिएका अवकाश प्राप्त सहकर्मी,सिनियर सरहरुबीच पुर्नताजगी गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरेका हौं उहांँले भन्नुभयो, यसले थप सम्बन्ध प्रगाढ बनाउने र एकता बढ्ने अपेक्षा गरेको छु ।’
अध्यक्ष गोदारका अनुसार शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व सेनाका परिवार, कर्तव्य शिलशिलामा ज्यान गुमाएकाका श्रीमती तथा परिवारका सदस्यहरुलाई आमन्त्रण गरिएको थियो । यो बर्ष देशभरका सबुज गणका अवकाश पात्र सेनाहरुलाई समेट्ने प्रयास गरिएपनि चितवन लगायतका छिमेकी जिल्लाका पूर्व सेनाहरुको सेनाहरुको सहभागिता रहेको उहांँले बताउनु भयो ।
संगठनका सल्लाहकार तीरप्रसाद पौडेलले पुर्व सहकर्मीहरुसंग आफ्ना अनुभवहरु साटासाट गरिने उद्धेश्य सहित पहिलो शुभकामना आदान प्रदान गरिएको बताउनु भयो । हाल थोरै जिल्लाका पूर्व सेना र परिवारको सहित ७० जनाको उपस्थिति रहेपनि आगामी बर्षमा देशभरका पूर्व सहकर्मीहरुलाई समेटिने उहांँको भनाई छ
कार्यक्रममा सबुज गणका पूर्व मेजरहरु गणेश थापा , यज्ञ सिलवाल लगायत भूमिराज घिमिरेले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा खाना सहित नाचगान समेत गरिएको थियो ।
। सबुज गणले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
पूर्व सेनाको संगठन श्री सबुज गणद्धारा शुभकामना आदान प्रदान र वडा खाना
पूर्व सेनाको संगठन श्री सबुज गणद्धारा शुभकामना आदान प्रदान र वडा खाना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु