चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा जारी काडा अटो एक्स्पोको तीन दिनमा ५४ वटा गाडीको बुकिङ्ग र बिक्री भएको छ भने ३८ वटा स्कुटर बिक्री भएका छन ।
बुधबार देखि चितवन एक्स्पो सेन्टरमा शुरु भएको काडा एक्स्पोमा गाडी किन्ने ग्राहकको तेस्रो दिन सम्म ग्राहकको अपेक्षाकृत सहभागिता देखिएको हो । काडाका अध्यक्ष राजन पियाले तेस्रो दिनसम्मा सबै कम्पनीका गाडी र स्कुटरको बुकिङ्ग र बिक्री सन्तोषजनक भएको बताए ।
‘तेस्रो दिनसम्म आइपुग्दा ५४वटा गाडीको बुकिङ्ग र बिक्री भएको छ र ३८ वटा स्कुटर बिक्री भएको रेकर्ड छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ अध्यक्ष पियाले भने, भोली अन्तिम दिन शनिबार पनि झन बढी बिक्री हुने अपेक्षा गरेका छौं ।’ गाडी किन्न आउने ग्राहकले सबैभन्दा बढी इभी गाडी रुचाएको उनले बताए ।
उनले मुख्य गरी बीवाइडी, नेटा , एमजी, सिट्रोन, ह्यन्डाई अमोडा , सेरेन लगायतका कम्पनीका गाडीहरुको बुकिङ्ग र बिक्री बढी भएको बताए । त्यस्तै इभी स्कुटरको माग पनि उत्तिकै रहेको पियाको भनाई छ । हालसम्म करीब चार हजार जनाले काडा एक्स्पोको अवलोकन गरिसकेको उनले जानकारी दिए ।
एक्स्पोमा गाडी तथा स्कुटर बुकिङ्ग र किन्ने ग्राहकले छुट सुविधाको स्किम, लक्की ड्र लगायतका अफर रहेकोले समयमै गाडी बुकिङ्ग गर्न उनले आग्रह गरे ।
चितवन उद्योग संघको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।
एसी सहितको वातानुकुलित चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने मेलामा साना ठुला गरी २१ वटा कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधानहरुको स्टल रहेका छन । जिप र माइक्रोको करिव ५ वटा स्टल र प्रर्दशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु राखिएको छ ।
एक्स्पो अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईएको छ । एक्स्पोमा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ ।
एक्स्पो अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्की ड्र मार्फत तिन जनालाई आकर्षक उपहारको व्यवस्था गरिने छ । एक्स्पोमा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहने आयोजकले जनाएको छ ।
काडा अटो एक्स्पोमा ग्राहकको आकर्षण : ५४ गाडीको बिक्री र बुकिङ्ग, ३८ वटा स्कुटर बिक्री
काडा अटो एक्स्पोमा ग्राहकको आकर्षण : ५४ गाडीको बिक्री र बुकिङ्ग, ३८ वटा स्कुटर बिक्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु