चितवन । चितवनका अग्रज पत्रकार नवराज ढकालले स्वर्गीय आमा मायादेवी ढकालको स्मृतिमा आज चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन वितरण गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुरमा रहेको आश्रममा रहेका ४७ जना आश्रितहरुलाई उहाँले खाना खुवाउनु भएको हो ।
उहाँले भन्नुभयो “आमा मुख्य खम्बा नहुँदा दशैं खल्लो छ, रमाईलो छैन, आमाको स्मरणमा आश्रममा रहनु भएका आमाहरुलाई भोजन गराएँ ।” आफ्नो सानो सहयोगले आश्रमलाई पनि सहयोग हुने भन्दै उहाँले यस्तो प्रकारको सहयोगले समाजमा मानवीय सन्देश जाने बताउनुभयो ।
सो अवसरमा बुबा भोलानाथ ढकाल, श्रीमती जानुका ढकाल, छोरी बिनिता ढकाल, छोरा विजन ढकाल र नाति जेविन ढकाल सँगै रहनु भएको थियो । उहाँका जेठो छोरा विनय र बुहारी प्रेजु ढकाल जापान हुनुहुन्छ । परिवारका सबैले आमाको सम्झना गर्दै खाना खुवाएको पत्रकार ढकालले बताउनुभयो ।