चितवन । पिंकी फार्मेसी तथा हेल्थ केयर क्लिनिक, हेल्थपोष्ट चोकको आयोजना तथा सगरमाथा डाइनोस्टिक सेन्टरको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर हुंँदै छ । क्लिनिकको भरतपुर– ८ लालीगुरांँस चोक र भरतपुर –६ स्थित पांँडे घुम्तीको शाखा शुभारम्भको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरिने भएको हो ।
भोलि असोज ४ गते लाली गुरांँस चोक र असोज ५ गते पांँडे घुम्तीमा निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको क्लिनिकका सञ्चालक दिपेन्द्र चौधरीले जानकारी दिनुभयो । उहांँका अनुसार शाखा शुभारम्भको अवसरमा शिविरमा आउने सेवाग्राहीलाई दुई महिनासम्म निःशुल्क सुगर जांँच गरिने छ । शिविरमा सेवाग्राहीले निःशुल्क सुगर जांँच र स्वास्थ्य परीक्षण गर्न पाउनेछन ।
शिविरमा भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. सन्दीप पाण्डे, डा. गौरीराम महत्तोले कोलेष्ट्रोल, थाइराइड, र अल्सरको जांँच पनि गर्नुहुनेछ । यसको लागि प्रति व्यक्ति ७५० रुपैंया शुल्क कायम गरिएको चौधरीले बताउनु भयो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुंँच पुरयाउने उद्धेश्य सहित दुईवटा ठाउंंँबाट सेवा शुभारम्भ गरिएको चौधरीको भनाई छ । एकदशक अघि हेल्थपोष्ट चोक अघि फार्मेसी र क्लिनिक सेवा सञ्चालन गर्दै आएको फार्मेसीले एकैपटक लालीगुरांँस चोक र पांँडे घुम्तीबाट औपचारिक रुपमा सेवा विस्तार गर्न लागेको हो ।