चितवन । भरतपुर ५ स्थित अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लि। को स्थापनाको २५ औं वर्षको अवसरमा विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने भएको छ । सहकारीले पत्रकार सम्मेलनको आयोजना गरि रजत जयन्तिको अवसरमा आयोजना गरिएका विविध कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
रजत महोत्सव अन्तर्गत सहकारीले भाद्र ३० गते सरसफाई, भाद्र ३१ गते सहकारी शिक्षा कार्यक्रम, असोज १ गते मानव सेवा कार्यक्रम, असोज २ गते रक्तदान कार्यक्रम, असोज ३ गते रजत जयन्ति समारोह तथा स्मारिका बिमोचन र दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
साथै सस्थाले सहकारीका मूल्य मान्यता र सिद्धान्तहरूलाई आत्मसाथ गर्दै सहकारी ऐन तथा समयस मयमा यसका नियामक निकायले जारी गरेका विभिन्न निर्देशनहरुलाई पालना गर्दै समुदायमा आधारित सहकारीताको अभ्यास गर्दै आएको एवं नीति, विधि र प्रविधिमा आधारित आफ्ना व्यावसायिक कारोबार गर्दै आएकोले आज यस संस्था अन्य सहकारी संस्था भन्दा सबल रहेको संस्थाका सचिव राजीव ओझाले बताउनुभयो ।
२०५७ साल असोज ३ गते ५० जना शेयर सदस्यहरुवाट स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको वडा नं १ देखि १४ सम्म रहेको छ । सस्थापक अध्यक्ष नवराज चापागाई रहनु भएको उक्त सहकारीमा हाल एक हजार ४ सय १६ जना शेयर सदस्य रहेका छन् । उक्त सहकारीले करिब २० करोजको पुजी निर्माण भई वित्तीय तथा गैहवित्तीय कारोवार गर्दै आएको छ ।
अभ्युदय सहकारीले विविध कार्यक्रम गरि रजत महोत्सव मनाउंँदै
अभ्युदय सहकारीले विविध कार्यक्रम गरि रजत महोत्सव मनाउंँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु