चितवन । नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिले मिति २०८१ भदौ २७ गते नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको २०८१ भदौ १४ गते सम्पन्न १३ औ साधारण सभा तथा छैठौ अधिवेशनवाट निर्वाचित कार्यसमितिलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका संयोजक ज्ञानवहादुर बिसुरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहांँले नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिनुभएको हो । सो अवसरमा उहांँर्ले व्यवसायिक एकता, समन्वय र सहकार्यवाट नै समग्र पेशा व्यवसायीको हित हुने धारणा राख्नु भयो ।
नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने र कार्यक्रमका सभापती बिसुरालले टिका र दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका निवर्तमान अध्यक्ष मनोज रानाभाटले सप्लायर्स व्यवसायीहरुको अवस्थाका बारेमा जानकारी गराउदै व्यवसायिक एकता र सदभाव कायम राख्न यस्ता कार्यक्रमहरु प्रेरणादायी हुने विचार राख्दै चल्लाको बजार अवस्थाका बारेमा छलफल गर्दा यस संघका प्रतिनिधिलाई पनि सहभागी गराउन आग्रह गर्नुभयो ।
त्यसैगरी नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष श्री महेश्वर पोखरेलले सप्लायर्स व्यवसायीहरुको भूमिका, हाल सम्म गर्दै आएको कार्य, पेशा व्यवसायलाई मर्यादित गराउन हुनुपर्ने एकता, सहकार्य र समन्वयका बारेमा जोड दिनु भएको थियो ।
नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले व्यवसायिक एकता, समग्र पोल्ट्री व्यवसायको अवस्था, चल्ला, अण्डा, दाना, कुखुरा उत्पादक र ति बस्तुहरु उपभोक्ता सम्म पुरयाउन पुलको भुमिका खेल्ने सप्लायर्सहरु बिच एकता, हार्दिकता, सहकार्य र समन्वय हुनु पर्ने विषयमा धारणा राख्नुभयो । कार्यक्रमको संचालन कार्यकारी अधिकृत शिवप्रसाद बरालले गर्नु भएको यियो ।