वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २८ मनियारीस्थित सर्वोत्तम स्टीलमा आगलागी भएको छ ।
बिहीवार दिउँसो भएको आगलागीमा परी जलेर १५ जना कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
आगलागीमा ७ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि भारतको पटना लगिएको छ । अन्यको वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा एक जना बारा जिल्लाका छन् । अन्य सबै भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । उद्योगको भट्टीबाट पग्लिएको फलाम लिक भएर आगलागी भएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु