चितवन । भरतपुर १० हाकिमचोकको बोस्टन इन्टरनेशनल कलेजले लक्की ड्रमार्फत १५ जनालाई छात्रवृत्ति दिने भएको छ । आज कलेज परिषरमै बोस्टन कलेज हालै सिम्याट दिएका विद्यार्थीबीच छनौट गरी ती मध्ये १५ जनालाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।
मंगलबार कलेजले लक्की ड्र गरी विभिन्न विधामा सिम्याट दिएका १५ जना विद्यार्थी छात्रवृत्तिको लागि छनौट गरेको थियो । लक्की ड्र पत्रकार सम्मेलनका माझमा गरिएको थियो । कलेजका व्याचलर प्रोगामका डिरेक्टर पुष्पराज अधिकारीका अनुसार लक्की ड्रमार्फत १० जनाले १५ प्रतिशत छात्रवृत्ति, चार जनाले २० प्रतिशत र एक जनाले ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । छात्रवृत्ति विभिन्न विधामा बोस्टन कलेज छनौट गरी सिम्याट दिएका विद्यार्थीले पाएका हुन् ।
जम्मा कलेज शुल्कको ५० प्रतिशत छात्रवृत्ति पाउनेमा बेलिना तिमिल्सिना लक्की ड्रमार्फत छनौट भइन्
। भरतपुर १२ की तिमिल्सिना वाल्मीकि शिक्षा सदनमा पढेकी हुन् । बेलिनाले बिबिएतर्फ छात्रवृत्ति पाएकी हुन् । बोस्टनमा बिबिए कोर्सको लागि एक विद्यार्थी बराबर कलेज शुल्क सात लाख १३ हजार रुपैयाँ लाग्छ ।
यस्तै, २० प्रतिशत छात्रवृत्ति पाउनेमा लक्की ड्रमार्फत चार जना छानिएको छ । जसमा बिनिसा बरुवाल (बिबिए) दिप्सन तिवारी (बिएचएम), निर्मला सुवेदी (बिबिए) र वर्षा थापा (बिसिएसआइटी) रहेका छन् ।
यस्तै, १५ प्रतिशत छात्रवृत्ति पाउनेमा आयुष ढकाल (बिएचएम), प्रदीप कँडेल (बिएचएम), बिपना थापा (बिएचएम), बिना श्रेष्ठ (बिसिएसआइटी), सागर आचार्य (बिएचएम), लोटस गिरी (बिबिए), पल्लवी चौधरी (बिएचएम) इशा भण्डारी (बिबिए), बिपिन रायमाझी (बिबिए) र सकल्प तिवारी (बिएचएम) रहेका छन् ।