भरतपुर । हरितालिका तीजको पुर्वसन्ध्यामा भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्पन्दन नेपालको आयोजनामा शुक्रबार रक्त कार्यक्रम सम्पन्न भएको हो । नारायणी पब्लिक कलेजमा भएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् ।
जसमा ३९ पुरूष र १८ महिलाले रक्तदान गरेका हुन् । सामाजिक कार्यमा सकृय संस्था स्पन्दन नेपालले हरितालिका तीजको अबसरमा मानवसेवा , स्वास्थ सेवालाई सहयोग गर्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरेको स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले बताइन् । यस अघि रामजानकी बालिका आश्रममा दर , पेटको क्यान्सर पीडितलाई १० हजार दुई सय सहयोग गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनको प्रमुख प्रशासकिय अधिकृत अन्तिम सिंजाली मगर प्रमुख अतिथिको रूपमा रहेकी थिइन ।
बिशिस्ट अतिथिको रूपमा नारायणी पब्लिक कलेजमा अध्यक्ष राजेश्वर खनाल, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहयोगी सस्थाको रूपमा नारायणी इङलिस पब्लिक कलेज , समन्वय टोल बिकास संस्था , जनोदय टोल विकास संस्था , र शान्ति टोल विकास संस्था रहेका थिए ।