चितवन । नेपालस्थित दक्षिण कोरियाली दुतावासले विद्यार्थी भिसामा केही कडाई गरेपछि नेपालका अधिकांश शैक्षिक परामर्शसंस्थालाई समस्या परेको छ । त्यस परामर्श संस्थासंँग विश्वविद्यालयको विकल्प नभएको र अन्य शैक्षिक संस्थासंँग भरपर्नु परेकाले उनीहरु समस्यामा परेका हुन तर गोल्डेन इमिनेन्ट इन्टरनेशनल संँग प्रशस्त विश्व विद्यालयहरु रहेकाले कुनै समस्या नरहेको गोल्डेन इमिनेन्टले बताएको छ ।
गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले कोरिया अध्ययनको लागि गोल्डेन इमिनेन्टबाट दक्षिण कोरिया जाने विद्यार्थीको लागि कुनै समस्या नरहेको बताए । ।’ ‘हाल नेपाल स्थित कोरियाली दुतावासले गरेको कोटा प्रणालीलले गोल्डेन इमिनेन्टलाई कुनै असर पर्दैन, विद्यार्थीहरुले ढुक्क संँग भर्ना गर्न सक्नुहुन्छ । कुनैपनि अन्योलमा नपर्न आग्रह गर्छु ।’ रिजालले भने ।
दुतावासले एउटा इन्टेकमा एउटा विश्वविद्यालयका ५० जना विद्यार्थीको मात्र डकुमेन्ट भेरिफिकेशन गर्ने र भिसा एप्लाई गरिदिने निर्णय गरेको थियो । त्यसकारण विद्यार्थी अन्योलमा थिए । र कोरिया परामर्श गर्ने अन्य शैक्षिक संस्थालाई सकस थियो । तर गोल्डेन इमिनेण्टसंँग प्रशस्त युनिभर्सिटी रहेकोले यो निर्णयले गोल्डेन इमिनेन्टलाई कुनै पनि फरक नपर्ने भएको हो ।
प्रबन्ध निर्देशक रिजालले हाल गोल्डेन इमिनेन्टले २०२५को लागि कोरियाका धेरै युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको जानकारी दिदैं कोरिया जाने विद्यार्थीले स्नातक , स्नाकोत्तर, र पिएचडी सम्मका कोर्षको लागि आवेदन दिन सक्ने बताए । उनका अनुसार हाल इमिनेन्टले दुईहजार सातसय विद्यार्थीलाई भर्ना गर्न सक्षम रहेको र डकुमेन्टस तथा मिरिटका आधारमा ३० देखि शतप्रतिशतसम्म स्कलरसिप प्राप्त गर्न सकिनेछ । कोरिया दुतावासले हालै सिमित कोटा प्रणाली लागु गरेपनि गोल्डेन इमिनेन्टबाट अध्ययन गर्न जाने विद्यार्थीको हकमा कुनैपनि असर नपर्ने रिजालको भनाई छ ।
कोरिया अध्ययनको लागि विश्वासिलो र स्थापित संस्था भएकोले विद्यार्थीलाई कोरिया अध्ययन अध्यापन गर्न पठाउने उपयुक्त संस्थामार्फत परामर्श लिन गोल्डेन इमिनेन्टका कार्यालय प्रमुख रमेश क्षेत्रीले अनुरोध गरे । हाल गोल्डेन इमिनेन्टबाट २७ वटा कोरियाका युनिभर्सिटीबाट सम्झौता भईसकेको र ११ वटा युनिभर्सिटीसंँग सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको कार्यालय प्रमुख क्षत्रीले जानकारी दिए ।
गोल्डेन इमिनेन्ट बाट हालसम्म आवेदन दिने सबै विद्यार्थीले भिषा प्राप्त गरेका छन । ती मध्ये ३९३ जना विद्यार्थीले ५० प्रतिशत स्कलरसिप पाएका छन भने ४७३ जना विद्यार्थीले ३० प्रतिशत र १२८ जना विद्यार्थीले शतप्रतिशत भिषा प्राप्त गरेको क्षेत्रीको भनाई छ ।
गोल्डेन इमिनेन्टले आगामी २०२५ को इन्टेकका विद्यार्थीहरुको लागि भाषा कक्षा, रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क समेत निःशुल्क गरिरहेको जानकारी दिएको छ ।