चितवन । चितवनमा एकजना युवकले आफ्नो शरीरमा पेट्रोल खनाई आगो लगाउंँदा मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला गढिमाई नगरपालिका वडा नम्बर ४ भई भरतपुर महानगरपालिका वडा नम्बर ३ लंकुस्थित सन्तोष जैसवाललको घरमा डेरा गरी बस्ने अन्दाजी २२ बर्षीय राजाबाबु जैसवाल रहेको छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनले आफु सुत्ने कोठामा कोही नभएको अवस्थामा शरिरमा पेट्रोल खनाई आगो लगाउंँदा गम्भिर घाईते भएका थिए ।
गम्भिर घाइते जैसवालको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोमा थप उपचारको लागि कृतिपुर हस्पिटल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा गएराती २२ः४० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहकोे छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु