चितवन । इञ्जिनियरिङ अध्ययनका लागि के चितवन बाहिर जानुपर्ने बाध्यता छ ? अहिले त्यस्तो वातावरण ठ्याक्कै छैन भन्दा फरक पर्दैन । किनकी एक दशक बढी समयदेखि विशुद्ध इन्जिनियरिङ विषय अध्यापन गराउँदै आइरहेको चितवनको पुरानो शैक्षिक संस्था हो युनाइटेड टेक्निकल कलेज (युटेक कलेज) ।
पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० देखि निरन्तर इन्जिनियरिङ विषय मात्रै अध्यापन गराउँदै आएको छ । जसले गर्दा विद्यार्थीहरुलाई पठन–पाठनमा थप सहज बनेको छ । एउटै कलेजमा विभिन्न विषय पढाई हुँदा इन्जिनियरिङका विद्यार्थीहरुलाई धेरै अवसर पाउने गरेका छैनन् । एउटा मात्रै विषय अध्यापन गराउँदै सबै पूर्वाधार निर्माण हुनुको साथै गुणस्तरमा समेत ख्याल गरिन्छ । त्यसैले वर्षौदेखि इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुको रोजाईमा युटेक कलेज पर्ने गरेको छ ।
अहिले कक्षा १२ उत्तीर्ण गरेर बसेका विद्यार्थीहरुका लागि स्नातक तहमा ४ वर्षे बि.इ. कार्यक्रममा भर्ना खुलेको छ । इन्जिनियरिङ अध्ययनमा छनोट हुन लागिका लागि यही भदौं ६ गते दिउँसो २ः३० बजे प्रवेश परीक्षा राखिएको युटेक कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिए । उनका अनुसार प्रवेश परीक्षाका लागि धेरै विद्यार्थीहरुले फारम भरेका छन् । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि सिट संख्याको आधारमा भर्ना प्रक्रिया सुरु हुने ढकालले जानकारी दिए ।
युटेक कलेजमा अहिले बी.इ. कार्यक्रम अन्तरगत चार वटा कोर्षमा अध्यापन हुँदै आइरहेको छ । बीइ इन सिभिल इन्जिनियरिङ, बीइ इन इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स इन्जिनियरिङ र बीइ इन कम्प्युटर इन्जिनियरिङ र बीइ इन्फरमेशन टेक्नोलोजी (आइटी) इन्जिनियरिङ गरी यी चार कोर्षमा अध्ययनका लागि अहिले भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङमा ९६, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्समा ४८, कम्प्युटर इन्जिनियरिङमा ४८ र आइटी इन्जिनियरिङमा ४८ जनाको सिट रहेको छ । आइटी इन्जिनियरिङ चितवनमा पहिलो र एक मात्र युटेक कलेजमा पढाई हुन लागेको हो ।
कलेजले विद्यार्थीहरुको सहजताको लागि विभिन्न प्रकारका छात्रवृत्ति समेत घोषणा गरेको छ । विभिन्न कोर्षमा १५ प्रतिशतसम्म छुटको सुविधा दिइएको छ भने कक्षा १२ मा ४ जीपीए अंक ल्याएका
विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । यस कलेजले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धानमुलक शिक्षालाई पनि विशेष जोड दिएको छ ।
यस कलेजले इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) समेत अध्यापन गराउँदै आएको छ । चितवनमा यही कलेजले नै पहिलोपटक इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) पढाउन थालेको हो । यस कार्यक्रम अन्तरगत २ वर्षे कन्सट्रक्सन म्यानेजमेण्ट कोर्षमा अध्यापन हुँदै आइरहेको छ । यस तहमा पढ्नका लागि १५ जनाको मात्रै सिट संख्या रहेको छ । यस्तै ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयमा पनि यहाँ मास्टर्सको अध्यापन हुँदै आइरहेको छ । दुई वर्षे ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयका लागि ३० सिट संख्या रहेको छ । यी दुवै कार्यक्रमहरु चितवनमा युटेक कलेजमा मात्रै अध्यापन हुँदै आइरहेको छ । मास्र्टसमा वर्षमा दुई पटक भर्ना खुल्ने गरेको छ ।