चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक)ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
कलेजले शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्याचलर अफ इन्जिनियरिङ इन इन्फरमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई शुरु गरेको हो ।
कलेजले बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा हरेक ६ महिनामा ३० जना विद्यार्थी भर्ना लिनेगरी पोखरा विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त अवस्थीले जानकारी दिए । यी संकायले पछिल्लो समय यातायात लगायत इन्मर्सेन सम्बन्धी जटिल बिषयमा समस्या समाधान गरिने अपेक्षा लिईएको छ ।
आज भरतपुरमा आयोजित एक समारोहकाबीच युटेकले नयाँ कार्यक्रमको शुभारम्भका साथै ‘जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट’को दोस्रो संस्करण समेत अनावरण गरिएको छ ।
कलेजले चितवनकै पहिलो अन्तर्राष्ट्रिय गोष्ठी २०२१ सफलतापछि कलेजले आगामी सेप्टेम्बर २२ मा ‘दिगो निर्माण, प्रविधि, व्यवस्थापन, चुनौती र अवसर’ विषयक गोष्ठी सञ्चालन गर्न लागेको कलेजले जानकारी दिएको छ ।
युनाईटेड कलेज २०६५ सालमा नीजि क्षेत्रको पहलमा स्थापना भएको शैक्षिक संस्था हो । उपत्यका बाहिर विद्यार्थीहरुलाई गुणस्तरीय र सर्वसुलभ इञ्जिनियरिङ्ग बिषयहरुको अध्ययन अध्यापनका लागि पोखरा विश्ववद्यालयको पहिलो सम्बन्धन प्राप्त कलेज हो । कलेजले अन्तरराष्ट्रिय गुण्मस्तर चिन्ह आइएसओ ९००१ः २०१५ सर्टिफाइड कलेज तथा नेपाल इञ्जिनियरिङ्ग काउन्सिलबाट स्थायी मान्यता प्राप्त कलेज समेत हो ।
युटेक कलेजमा स्नातक र स्नाकोत्तरमा बिइआइटी र एमएस्सी इन ट्रान्स्पोटेसन इञ्जिनियरिङ्गमा पढाई शुरु
युटेक कलेजमा स्नातक र स्नाकोत्तरमा बिइआइटी र एमएस्सी इन ट्रान्स्पोटेसन इञ्जिनियरिङ्गमा पढाई शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु