चितवन ।एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) भरतपुरमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ ।
चितवन आँखा अस्पतालको सहकार्यमा भरतपुर–१०,स्थित एक्सपर्टबेस क्याम्पमा आँखा परीक्षण शिविर आयोजना गरेको हो । विहान ८ बजेदेखि सुरु भएको शिविर दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा दुईसय जनाको आँखा परीक्षण गरिएको थियो ।
चितवन आँखा अस्पतालकादृष्टि विशेषज्ञ डा.किशोर गौतमले आँखा परीक्षणको क्रममा धेरैजसोमा दृष्टिदोषको समस्या देखिएको बताए । केहीमा कम्प्युटर भिजन, आँखा सुख्खाको समस्या देखिए पनि गम्भिर प्रकृतिको समस्या नदेखिएको गौतमले जानकारी दिए । शिविरमा विद्यार्थीहरुको पूर्व परीक्षणपछि आँखा परीक्षण गरिएको थियो ।शिविरमा दृष्टि सहायक प्रभात यादबलगायत प्राविधिकहरु सहभागि भएको चितवन आँखा अस्पतालका जनसम्पर्क अधिकृत असिमबाबु हमालले जानकारी दिए ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एक्सपर्टका कर्मचारी, विद्यार्थी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गरेर वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परीक्षण गरिएको बताए । उनले यस शिविरबाट विद्यार्थी तथा अभिभावकहरु लाभान्वित भएको भन्दै आगामि दिनमा यसखालको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले सहकार्यका लागि चितवन आँखा अस्पताललाई धन्यवाद दिए ।
एक्सपर्ट एजुकेशनले यही साउन २४ गते अर्थात् अगष्ट ८ दिनका दिन भव्य समारोहकाबीच २१औं वार्षिकोत्सव समारोह मनाउँदैछ । यही अवसरमा एक्सपर्ट विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । वार्षिकोत्सवकै अवसरमा अन्तर स्कुल÷कलेज एक्सपर्ट फुटसल फेस्टा कार्यक्रम सम्पन्न भइसकेको छ । जसमा भरतपुरको एपेक्स कलेज प्रथम स्थान हासिल गरेको थियो । वार्षिकोत्सवकै अवसरमा भोलि (बुधबार) साँझ देवघाटस्थित वृद्धाश्रममा भोजन ग्रहणको कार्यक्रम राखिएको छ । वार्षिकोत्सवको दिन साउन २४ गते बिहीबार विहान रत्ननगरस्थित एक्सपर्ट कार्यालय परिसरमा वृहन खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने दिउँसो १ बजे एक्सपर्ट बेस क्याम्प भरतपुरमा वार्षिकोत्सव मुल समारोह कार्यक्रम हुनेछ । सो समारोहमा ‘एक्सपर्ट राष्ट्रिय पत्रकारिता पुरस्कार’, विविध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछ ।
सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।