चितवन । आइसीएफसी फाइनान्स नारायणगढबाट एकजना ग्राहकको झण्डै १६ लाख गायब भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ का अटोमोबाइल व्यवसायी छवीलाल भण्डारीको पटक पटक गरी १५ लाख ९७ हजार ९२० रुपैंया गायब भएको दाबी गरिएको हो । आज भण्डारीले भरतपुरमा पत्रकार भेटघाट गरी उक्त रकम १९ पटक गरेर पैसा झिकिएको देखिएको जानकारी दिए । ‘मैले यो पैसा झिकिएको असार २५ गतेमात्र थाहा पाएंँ, उनले भने, तर मेरो मोबाईलमा कुनैपनि नोटिफिकेसन आएको छैन ।’ आफूले कारोबारको क्रममा बैंकमा रकम लिन जांँदा मात्र थाहा पाएको उनको भनाई छ ।
आफूले रकम गायब भएको बिषयमा फाइनान्सलाई प्रहरीमा किटानी जायरी दिइसकेको तर उपलब्धि हालसम्म नभएको उनले बताए । ‘यतिका दिनभइसक्यो प्रहरी कार्यालय आयो गयो, तर प्रहरीले कुनैपनि प्रगति भएको बताएको छैन ।’ भट्टराइले भने । प्रहरीले उक्त रकम विभिन्न व्यत्तिको खातामा ट्रान्सफर भएकोले ’ केवाइसी भेरिफाई’ गर्ने काम भईरहेको बताएपनि भट्टराईले आफ्नो रकम बैंककै कर्मचारीले झिकेको हुनसक्ने आंशका गरे ।
फाइनान्सका नारायणगढ शाखा प्रमुख आशिष गौतमले खाताबाट पैसा कसरी गायब भएको बिषयमा प्रहरीले छानबिन गरिरहेको बताए । ‘उहांँको खातामा मोबाइल बैकिङ्ग सुविधा त छ तर एक्सपायर भइसकेको रहेछ ।’ उनले भने । कसरी खाताबाट पैसा गायब भयो भन्ने बिषयमा भट्टराइले खबर गरेपछि मात्र बैंकलाई थाहा भएको शाखा प्रमुख गौतमको भनाई छ ।