चितवन । एड्स हेल्थ फाउण्डेसनले आफ्नो उद्देश्य प्राप्तीका भएको भन्दै केक काटेर खुशीयाली बाँडिएको छ । सन् २०२६ सम्ममा २० लाख हाम्रो हेरचाहामा हुने छन् भन्ने भावना एबं एचआईभि संक्रमितले उच्चस्तरीय औषधिले गुणस्तर जिवन हुन्छ भन्ने उद्धेश्यले स्थापना भएको यस संस्थाले आफुले लिएको लक्ष्य दुई बर्ष अघि पुरा गरेको हो ।
त्यसको उपलक्षमा एड् हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले केक काटेर खुशी साटासाट गरेको हो । सन् १९८७ समा स्थापना भएको यस संस्थाले नेपाल सहित बिश्वका ४७ वटा देशमा एड्स रोक नियन्त्रणका लागि काम गर्दै आएको छ । २० वर्ष अघि अफ्रिकामा एक सय जनाबाट सुरु भएको यो रोक नियन्त्रणका अभयानमा अहिले २० लाख जनाको हेरचाह गरिराखेको छ ।
एएचएफ नेपाल बागमती प्रदेशका संयोजक कृष्णहरी सापकोटाका अनुसार ११ बर्ष अघि एड्स संक्रमण पुष्टि भएका १८ वर्षिय युवा र भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले संयुक्त रुपमा केक काटे खुशी साटिएको हो । एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दिव्यराज जोशीले नेपालका सात प्रदेशका १८ वटा एआरटी सेन्टर र एउटा गैर सरकारी संस्था संग सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो । लक्ष्य प्राप्ति भए संगै एएचएफका अध्यक्ष माइल माइल वाइन्सटेनले लक्ष्य प्राप्तिका लागि सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । नेपाल सरकार, बिभिन्न संघ संस्था, संक्रमित, एबं सरोकारवाला निकायको सक्रियतामा लक्ष्य प्राप्तीका लागि सम्भव भएको उहाँले बताउनुभयो ।
भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले एएचएफको सहयोगमा संक्रमितहरुको जीवन सहज भएको भन्दै खुशि व्यक्त गर्नुभयो । उहाँले विश्वभर २० लाख संक्रमितको हेरचाह गरिरहेको यस संस्थाले अझै रोकथामका लागि थप प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो ।
जिल्लामा अहिले १ हजार २०१ जना संक्रमितले नियमित एड्स प्रतिरोधात्मक औषधि सेवन गर्दै आएका छन् । जिल्लामा मासिक १५ जना हाराहारीमा नयाँ संक्रमित पुष्टि हुने गरेको आचार्यले बताउनुभयो ।