चितवन । भरतपुर नगरपालिका वडा नम्बर १२ आस्थाचोकमा स्कुटरको आधिकारिक शोरुम सञ्चालनमा आएको छ । वैद्य इनर्जीको आधिकारिक बिक्रेता डाइनामिक इनर्जीले अथर शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्धघाटन डाइनामिक इनर्जीका निर्देशक युवराज क्षेत्री , अथरका कन्ट्री हेड अभिषेक शर्मा बैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सुर्यान्स बैद्यले गरेका थिए ।
उद्धघाटनपछि बोल्दै शोरुमका निर्देशक क्षेत्रीले नेपालजस्तो भौगोलिक देशमा भोलिको संभावना इलेक्ट्रिक सवारीसाधनको भएकोले यो इभीको स्कुटर सञ्चालनमा ल्याएको बताए । ‘नेपाल हाइड्रो इनर्जी प्रवल संभावना भएको देश हो, यसले देशमा इन्धनको आयात पनि कम गर्छ । वातावरणमैत्री पनि हुन्छ । ’
कन्ट्री हेड शर्माले इण्डियामा टप सेलिङ्गमा रहेको भन्दै नेपालमा पनि अथरको शोरुम विस्तार गर्ने योजना अनुसार काठमाडौं पछि चितवनमा विस्तार गरिएको बताए । उनले यो नेपालमा यो ब्राण्डको आवश्यकता र माग उच्च रहेकोले यो ब्राण्डका स्कुटरको शोरुम विस्तार गरिएको बताए । ‘हामीले काठमाडौंमा चारवटा शोरुम सञ्चालनमा ल्याईसकेका छौं उनले भने, हामीले छिट्टैनै चितवनको टांँडी र माडीमा बिस्तार गर्दैछौं ।’
वैद्य इनर्जीका सूर्यान्स वैद्यले चितवन देशकै केन्द्र र भाइब्रेण्ट शहर भएकोले इलेक्ट्रिक सवारी साधनको माग उच्च हुंँदै जाने बताए । इभीको प्रतिस्पर्धात्मक बजारमा अथरले अलग्गै पहिचान बनाउने र ग्राहकलाई सन्तुष्टी दिने विश्वास व्यक्त गरे ।
शोरुमका मेनेजर अनुस्का कार्कीले यो स्कुटर बलियो, शक्तिशाली र ब्याट्री पनि टिकाउ भएकोले अथर ब्राण्डको स्कुटरको शोरुम सञ्चालनमा ल्याईएको बताए । ‘स्मार्ट, बेष्ट पर्फमेन्स, छ उनले भनिन, पार्टस सर्भिस र चार्ज पनि सहज छ ।’
हाल यो स्कुटर दुईवटा मोडलमा रहेको छ । यो स्कुटरको लाइफ औसत २ लाख किलोमिटर रहेको कम्पनीले जनाएको छ । २.९ किलोवाटको स्कुटरको मुल्य ३ लाख ९९ हजार ९९९ रुपैंया र ३ं.७ किलोवाट भेरियण्टको स्कुटरको मुल्य ४ लाख ३९ हजार ९९९ रुपैंया रहेको छ । कार्यक्रममा बैद्य इनर्जी, नेटर्वक डेभलप्मेण्टका , डाइनामिक इनर्जीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।