चितवन । भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले स्नातक तहमा होटल म्यानेज्मेण्ट संकायको पढाई शुुरु गर्ने भएको छ । कलेजले यसअघि बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिए संकायको अध्ययन अध्यापन गर्दै आएकोमा अब ब्याचलर इन होटल मेनेज्मेण्टको कोर्ष शुरु गर्न लागेको हो । शुक्रबार भरतपुरमा एक औपचारिक कार्यक्रमका बीच बिएचएम कोर्स सुरु भएको जानकारी दिएको हो । पोखरा विश्वविद्यालयमा सम्बन्धन प्राप्त बोस्टनले १५ वर्षदेखि अध्यापन गराउँदै आएको छ ।
सो अबसरमा बोल्दै बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले विद्यार्थीको माग संँगै अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई सघाउ पु¥याउने उद्देश्यले नयाँ कार्यक्रम थप गरिएको बताए । विद्यार्थीलाई दक्ष बनाउन प्रयोगात्मक कक्षामा विदेशी प्राध्यापकलाई समेत कलेजसंँग जोडेको उनले जानकारी दिए । कलेजले आइटिसी होटेलमा ३० वर्षभन्दा बढी अनुभव हासिल गरेका मनोज विरमानीलाई अनुबन्ध गरिसकेको जानकारी दिँदै अध्यक्ष चन्दले पाँचतारे होटेलहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा हुने सम्पूर्ण सुविधा र पूर्वाधारसमेत तयार गरेर बिएचएम कोर्स सुरु गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका पर्यटन सल्लाहकार डा विश्व सुवेदीले नेपालको संस्कृति, सभ्यातासँग जोडिएको शिक्षालाई कलेजले पाठ्यक्रममा राखेर यस क्षेत्रका विद्यार्थीमा नयाँ उत्साह थपेको बताए । यसले समग्र चितवनको पर्यटनको साथै देशको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुको साथै पर्यटन क्षेत्र थप फराकिलो हुने विश्वास व्यक्त गरे । उनले हाल भरतपुर भ्रमणबर्षलाई २०२४ लाई लक्षित गर्दै विभिन्न पूर्वाधार थप गरिएको समेत जानकारी दिए ।
कार्यक्रममा अन्य वक्ताहरु बोष्टन कलेजका बिएचएम सहायक कार्यक्रम संयोजक बिमल अर्याललेृ कोर्षका बिशेषताहरु माथि प्रकाश पारेका थिए । कार्यक्रममा होटल व्यवस्थापन शिक्षाका एशिया प्रशान्त र विश्वव्यापी दृष्टिकोणबारे कलेजका बिएचम परामर्शदाता मनोज बिरमानीले प्रस्तुति दिएका थिए ।
विशिष्ट अतिथि रुपेश श्रेष्ठले नेपालमा होटल मेनेज्मेण्टको माग र संभावना उत्तिकै रहेको बताउंँदै हस्पिटालिटी क्षेत्र सबैभन्दा उच्च क्षेत्र रहेको बताए । यस क्षेत्रले विद्यार्थीलाई सहज रोजगारीका साथै पर्यटन व्यवसाय बनाउन ठूलो सहयोग पुग्ने बताए । यस क्षेत्रको नेपालमा मात्र नभई विश्व बजारमा उत्तिकै माग रहेकोले कलेजले शुरु गरेको यो कार्यक्रम विद्यार्थीको लागि सुनौलो अवसर रहेको बताए ।
होटल मिरियटकी काठमाण्डु क्लस्ष्टर निर्देशक अञ्जना खड्काले हस्पिटालिटी क्षेत्रमा आवश्यक पर्ने सीप , क्षमता तथा पाहुनालाई गर्नुपर्ने संस्कारका बारेमा प्रस्तुति दिएकी थिइन् । कलेजले भर्ना कार्यक्रम शुरु भईसकेको र दुई महिनापछि कक्षा सञ्चालन गर्ने जनाएको छ । सिट सिमित भएकोले विद्यार्थीलाई छिट्टै भर्ना अभियानमा जोडिन समेत कलेजले आग्रह गरेको छ ।