काठमाडौं । नेपाली सेनाको बख्तरबन्द गाडीले इटहरीदेखि धनगढीसम्म विभिन्न मितिमा अभ्यास गर्ने भएको छ ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा एपीसी र एमपीभीमा सकलदर्जाहरुको ड्राइभिङ स्किल अभिबृद्धि गर्न अभ्यास सञ्चालन गर्दै आएको र सोहीअनुसार पुनः सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ ।
“सोही क्रममा सितापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गुल्महरुले विभिन्न मितिहरुमा उक्त अभ्यास सञ्चालन गर्ने योजना रहेको छ,” जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु