चितवन । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कर्माचार्य इन्टरप्राइजेजले भरतपुर–९, मिलनचोकबाट ब्लु स्क्वायर शोरुमको शुभारम्भ गरेको छ । कर्माचार्य इन्टरप्राइजेजकी संरक्षक मुनादेवी कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘एमएडब्ल’ुका प्रबन्ध निर्देशक बिष्णु बाबु अग्रवाल प्रमुख अतिथि रहेका थिए । शोरुमको उद्धघाटन अग्रवालले गरेका थिए ।
प्रमुख अतिथि अग्रवालले यामाहाको इतिहास निकै पुरानो र विश्वासिलो रहेको बताए । उनले देशकै केन्द्र भागमा रहेको चितवन र वरपर रहेका जिल्लालाई समेत लक्षित गरी अत्यधुनिक र सुविधा सम्पन्न शोरुम सञ्चालन गरिएकोमा खुशी व्यक्त गरे । अग्रवालले यामाहा मोटरसाइकलको फिचर, फाइदाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतले आर्थिक मन्दीको समयमा समेत ठूलो लगानीमा शोरुम सञ्चालन गर्नु निकै चुनौति रहेको बताएका थिए । उनीहरुले सरकारले यस्ता व्यवसायीलाई भन्सार र ऋणमा सहुलियत दिनुपर्नेमा जोड दिएका थिए । कर्माचार्य इन्टरप्राइजेजका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले चितवनमा यामाहाको मोडलका मोटरसाइकलको अत्यधिक माग रहेकोलेपनि शाखा विस्तार गरिएको बताए । यसअघिको उनको नारायणगढबाट सेवा दिईएकोमा भरतपुरमा थप सबै सुविधा सहितको शाखा विस्तार गरिएको उनको भनाई थियो ।
दशहजार बर्ग फिटमा सम्पुर्ण सुबिधा सहित निर्मित ब्लु स्क्वायर शोरुममा यामहा नेपालबाट तालिम प्राप्त दक्ष प्रावधिक मार्फत सेवा दिइने छ । दैनिक संयांंै भन्दा बढी सर्भिसिङ्ग क्षमता भएको उक्त शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुबिधा रहेको कम्पनीले जनाएको छ ।
यामाहा मोटरसाइकल ब्लु स्क्वायर शोरुम भरतपुरको मिलनचोकमा
यामाहा मोटरसाइकल ब्लु स्क्वायर शोरुम भरतपुरको मिलनचोकमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु