चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनद्धारा आज बिहान कोभिड न्यूनिकरण तथा सवारी दुर्घटना न्यूनिकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा चौबिसकोठी देखि पुलचोकसम्म ट्राफिक सचेचनासम्बन्धी पर्चा पम्प्लेट,सवारी साधनमा स्टिकर टांँसिएको थियो ।
कार्यालय प्रमुख भगवानराज थापाले अहिलेको बिषम परिस्थितिलाई मध्यनजर गर्दै कोभिड न्यूनिकरणका लागि २५० जनालाई मास्क वितरण गरिएको जानकारी दिए । यस्तै ट्राफिक प्रहरीले सवारी दुर्घटनाको लागि १६६ वटा स्टिकर टांँसिएको र ४२७ वटा पर्चा पम्प्लेट वितरण गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी . प्रेमलाल लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय .चितवनका प्रहरी नायब उपरीक्षक बहादुर थापा एवं सामाजिक संस्था वे ग्रुप लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु