चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक बर्ष ०७८,७९ को भदौ ६ गतेसम्म ७ वटा गैंडाको मृत्यु भएको छ । ती मध्ये १ चोरी सिकारी र ६ वटा प्राकृतिक कारण मरेको निकुञ्जले जानकारी दिएको छ । .
आज एक भाले गैंडा मृत भेटिएसंँगै ७ वटा गैंडाको मृत्यु भएको हो । निकुञ्जका अनुसार आज मृत्यु भएको गैंडा निकुन्जको पश्चिमी सेक्टर मातहतको कोर ईलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको किनारमा फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अन्दाजी दश बर्षको देखिने उक्त गैडा दलदल तथा भासमा परि मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । गैडाको खाग खुर सुरक्षित रहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु