चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक उपविजेता एभरेष्ट क्लब चितवनले माडी ११ फुटबल क्लबसँग अंक बाँडेको छ ।
लिग अन्तर्गत आज (शनिबार) भरतपुर ७ कृष्णपुर मैदानमा सम्पन्न समूह बी को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा माडीका लागि रितेश क्षेत्री र एभरेष्टका लागि विवेक खत्रीले गोल गरे ।
खेलको २५ औं मिनेटमा रितेशको गोलमा माडीले अग्रता लिएको थियो ।तर ३२ औं मिनेटमा एभरेष्टले पेनाल्टी पायो । प्राप्त अवसरलाई सदुपयोग गर्दै विवेकले एभरेष्टका लागि बराबरी गोल फर्काए ।
खेलमा थप गोल हुन सकेन र दुई टिमले अंंक बाँँडेका हुन् । एभरेष्टका गोलकिपर उमेश कार्की म्यान अफ दि म्याच भए । उनले ट्रफीसहित दुई हजार पाँच सय प्राप्त गरे ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु