भरतपुर। चितवनको भरतपुरमा वृक्षारोपण गर्ने अभियान सुरु भएको छ । ‘भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा प्रज्ञा स्मार्ट पार्क, भरतपुर, रामनगरबाट वृक्षारोपण गर्ने अभियान सुरु भएको हो ।
एक समारोहका विच भरतपुर महागरपालिकाकी मेयर रेनु दाहालले साईकस नामक विरुवा रोप्दै अभियानको सुरुवात गरेकी थिईन् । सो अवसरमा बोल्दै दाहालले भरतपुरलाई थप हरियाली र सौन्दर्यकरण गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको बताईन् ।
उनले एक व्यक्तिलाई प्रयाप्त अक्सिजनका लागि ७ विरुवा आवश्यक पर्ने उल्लेख गर्नुभयो । मानव जीवनका लागि वृक्षरोपण पुण्यको काम भएकाले सबैले वृक्षरोपण गर्नुपर्ने उनको भनाई थियो ।
उनले रुख विरुवाले नगरको सुन्दरता बढ्ने भन्दै वृक्षारोपण अभियानलाई निरन्तता दिनुपर्ने बताईन् ।
जिल्लाभित्रका खाली जग्गामा वृक्षारोपण अभियान सञ्चालनको थालनी आजबाट गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । वृक्षरोपण नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, शसस्त्र वन रक्षक तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई वृक्षारोपण अ कार्यक्रममा सरिक हुन उनले निर्देशन दिए ।
कार्यक्रममा बोल्दै प्रज्ञा स्मार्ट पार्कका अध्यक्ष मोधराज न्यौपाने (मधु)ले दुई वर्षअघिदेखि महानगरको सहकार्यमा पार्क स्थापना गरि हरियाली बनाउदै निरन्तर रुपमा वृक्षारोपण अभियान थालेको स्पष्ट पारे । उनले पार्कलाई सौन्र्दय करण
डिभिजन वन कार्यालय चितवनले यो आर्थिक वर्षमा १ लाख विरुवा उत्पादन गरेको डिभिजन वन प्रमुख थीरबहादुर कार्कीले जानकारी दिदै यो वर्षदेखि अनुगमनको पाटोलाई विशेष ध्यान दिएको बताए । अभियानको क्रममा यो पटक विरुवा कसरी रोप्ने, कसरी हुर्काउने भन्ने विधि समेत प्रशक्षिण गराउने उनले बताए । साथै जिल्लाका सबै सरकारी कार्यालयमा १० देखि २० वटा सम्म वोटविरुवा वृक्षारोपण गर्ने समेत उनले जानकारी गराए ।
उनका अनुसार कार्यालयले आफ्नै नर्सरीमा तीन प्रकारको विरुवा उत्पादन गरेर वितरण गरेको छ । जसमा जडिबुटी, काठजन्य विरुवा र ओर्नामेन्ट प्लान्ट (सजावटी विरुवा) उत्पादन भएको छ ।