चितवन । पछिल्लो समय जलवायु परिवर्तनले कृषि क्षेत्रमा प्रतिकुल असर परेको भन्दै जलवायुमैत्री कृषि उत्पादनमा जोड दिईएको छ । फोर एच नेपालले आयोजना गरेको तेस्रो कृषि युवा लिडरसिप समिटमा सहभागी वक्ताहरुले युवालाई विदेश पलायनबाट रोकेर कृषि उत्पादनमा लगाउनु पर्नेमा जोड दिनुभएको हो । समिटको उद्धघाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गर्नुभएको थियो र उद्धघाटनपछि बोल्दै प्रमुख शर्माले नेपालमा रोजगारी पाईएन भनेर बिदेश पलायन हुने युवाहरुलाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “रोजगारी र उच्च शिक्षाको वाहनामा नेपालीहरु बिदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार, सांँसद र सरोकारवाला लाग्न जरुरी छ ।” युवालाई कृषि क्षेत्रमा जोड्न सके देशमा परनिर्भरता हट्ने उहाँले बताउनुभयो । उहांँले भन्नुभयो,‘ ज्ञान,प्रविधि सिप आयात गर्न सकिन्छ तर युवाशक्ति , नेता–नेतृ आयात गर्न सकिंदैन ।’
युवाशक्ति देशको सम्पत्ति भएको बताउंँदै उहांँले हाम्रो परिवार, समाज र सिंगो राष्ट्रका लागि आबश्यक युवाशक्ति बिदेश पलायन हुनु देशका लागि दुखद भएको उहाँको भनाई थियो । नयाँ सोच र नयाँ प्रतिवद्धताको आबश्यकता अहिलेको समाजमा रहेको उहाँल बताउनुभयो । राज्यले पुरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिदैं युवाहरुलाई स्वदेशमानै लगाउनु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “यो देशमा केही हुँदैन भनेर बिदेशीन चाहाने युवालाई यही कर्म गर्ने बातावरण वनाउन जरुरी रहेको छ ।” कृषिमा आधारीत हाम्रो समाज, अर्थतन्त्र र उद्योगहरुबाटनै अग्रमनको खाका तयार हुने उहाँको भनाई थियो ।
कार्यक्रम बारे बोल्दै फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले युवालाई विदेश पलायनबाट रोक्न र स्वदेशमै आधुनिक तथा जलवायुमैत्री कृषि उत्पादन गर्न समिटकाृ आयोजना गरिएको बताउनु भयो । ‘पछिल्लो समय युवाहरु आधुनिक कृषि प्रणालीमा होमिन थालेका छन, यसैगरी अबका युवालाई जलवायुमैत्री कृषि उत्पादनमा पनि अभ्यस्त गराउनु पर्छ ।’उहांँले भन्नुभयो । कार्यक्रममा उद्योग,पर्यटन,वातावरण समिति बागमती प्रदेश सभाका सभापति आनन्द श्रेष्ठ, बागमती युवा
परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एशिया फाउण्डेसनकी वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले कृषि र समाजमा परेको असर बारे प्रकाश पार्नु भएको थियो । उनीहरुले जलवायु परिवर्तन विश्वको चुनौति रहेको बताउंँदै यसको न्युनीकरणका लागि एकजुट हुन आग्रह गर्नुभएको थियो । । जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारातमक प्रभाव परेको भन्दै उहाँहरुले
कृषिलाई आधुनिकिकरण गर्दै युवाहरुको भूमिकालाई बढाउन आबश्यक रहेको बताउनुभयो । राज्यका नीति तथा कार्यक्रमहरु युवा लक्षित बनाउँदै लैजान उहाँहरुले सुझाब समेत दिनुभयो । समिटमा कृषि क्षेत्रमा संलग्न देशभरीका डेढ सय बढी युवाहरुको सहभागिता रहेको छ । विहीबारबाट शुरु समिट भोलि शनिबारसम्म चल्नेछ ।