बुलिङटार । नवलपुर जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर १ स्थित थामबेसीमा एकदिने विशिष्टकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बुलिङटार गाउंँपालिका,नवलपुरको आयोजना तथा कोशिस अस्पताल प्रा.लि.भरतपुर, ओम मेगाश्री फर्मास्युटिकल्स् लिमिटेड, काठमाडौं, स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा पुरुष ६५ जना र महिला १४५ जना गरि २१० जनाको स्वास्थ्य चेकजाँच गरिएको बुलिङटार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनु भयो ।
शिविरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङ,बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सरिता राना गुरुङ वरिष्ठ स्वास्थ्यकर्मी अशोक कुमार श्रेष्ठ,राम कुमार महत्तो,समिन्जा महत्तो जङ्गलाल डिस्वा,सजिना नेपाली,देविसरा जर्गा,गोमिसरा लुङ्गेली र नवीन महत्तो लगायतले विरामीको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो ।
शिविरमा १४५ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्दा १३ जनामा (भिआईए) पोजेटिभ,४जनामा पाठेघरको मुखमा अनावश्यक मासु पलाएको,३ जनामा पाठेघर खसेको समस्या,१ जना महिलामा पिसाब थैली खसेको समस्या देखा परेको डा.सरिता राना गुरुङले जानकारी दिनुभयो । यसैगरी उच्च रक्तचापका १०० जना मधुमेहका ४०जना लिपिड प्रोफाइल समस्या भएका २० जना र पिसावमा अल्बुमिनको मात्रा बढी भएका १०० जना विरामी देखा परेको चिकित्सक डा.सन्तोष गुरुङले बताउनु भयो ।
शिविरमा स्वास्थ्य जाँच गर्दा समस्या देखा परेका विरामीहरुको आवश्यकता अनुसार थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएको छ ।
बुलिङटारमा एकदिने विशिष्टकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बुलिङटारमा एकदिने विशिष्टकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु