चितवन । चितवनका यातायात व्यवसायीले यात्रुलाई भाडामा ४० प्रतिशत छुट र ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुट सुविधा दिने भएका छन ।
भरतपुर भ्रमण वर्ष–२०२४ को सन्दर्भ पारेर पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यसहित भोलि (बिहिबारबाट)नै उक्त सुविधा दिन लागिएको हो । आज भरतपुरमहानगरपालिकाको समन्वयमा कार्यालय परिषरमा गरिएको पत्रकार सम्मेलनमा चितवनमा सञ्चालन हुने चितवन माइक्रो, चितवन छाहारी, ओम शान्ती यातायातका व्यवसायीले उक्त सुविधा दिने घोषणा गरेका हुन् ।
सो अवसरमा बोल्दै छाहारी यातायातका अध्यक्ष बद्री पौडेलले भरतपुर भ्रमणबर्षलाई प्रर्वद्धन गर्न र पर्यटकलाई आकर्षित गर्न छुट सुविधा दिन लागिएको बताउनु भयो । ‘हामीले भरतपुर भ्रमणबर्षको प्रर्वद्धन होस र पर्यटक तथा स्थानीयलाई समेत सुविधा प्राप्त होस भन्ने हेतुले छुट सुविधा गर्ने घोषणा गरेका हौं, अध्यक्ष पौडेलले भन्नुभयो , यो हाम्रो संस्थागत उत्तरदायित्व पनि हो ।’
यो सेवा शुरुवाती क्षणमा भरतपुर रिङरोडमा मात्रै लागू हुनेछ । ६८ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने उहांँले बताउनु भयो । ‘हामीले अहिले भरतपुर क्षेत्रमा यो सुविधा दिन लागेका छौं, उहांँले भन्नुभयो , भरतपुर जिल्लाकै सदरमुकाम हो र बढी यात्रुहरु ठोक्किने ठाउंँ पनि हो ।’
सो अवसरमा बोल्दै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले व्यवसायीले यसको दायरा र छुट सुविधा बढाउन आग्रह गर्नुभयो ।
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले यो बिषय प्रत्यक्ष नागरिकसंँग सरोकार राख्ने भएकोले यो काम सह्रानीय भएको बताउनु भयो ।
प्रमुख रेनु दाहालले पछिल्लो महिनामा मात्रै भरतपुरमा दुई वटा पर्यटकीय गन्तव्य थप भएको भन्दै यस सुविधाले आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने बताउनु भयो । ‘अहिले हामी गन्तव्यको प्रचार प्रसार र भरतपुरको सौन्दर्यकरणमा लागेका छौं, उहांँले भन्नुभयो , भ्रमण शुरु भएको तीन महिनामा मात्रै ४८ वटा राष्ट्रिय अन्तरराष्ट्रिय कार्यक्रम सञ्चालन भईसकेका छन ।’ हाल पूर्वी चितवनबाट भरतपुरसम्म यी व्यवसायीका करिब दुईसय सार्वजनिक बस सञ्चालन हुँदै आएका छन ।
भरतपुर भ्रमणबर्षलाई लक्षित गर्दै यात्रुलाई ४० प्रतिशत र ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुट
भरतपुर भ्रमणबर्षलाई लक्षित गर्दै यात्रुलाई ४० प्रतिशत र ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु