चितवन, भदौ ६ – चितवनमा १३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
भरतपुर महानगरपालिकामा ११४, खैरहनी नगरपालिकामा ४, रत्ननगरमा १३ र राप्तीमा २ जना संक्रमित थपिएका हुन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या २३ हजार ९६५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
यस्तै थप ८६ जना कोरोनामुक्त भएका छन्। यससँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २१ हजार ३७२ पुगेको छ । पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । जिल्लाभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८१ पुगेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु