भरतपुर । नारायणगढ स्थित बालकुमारी कलेजको तेस्रो कलेज सभा शनिबार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा सम्पन्न भएको छ । कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका सस्थापक कोषाध्यक्ष केएल भुषण प्रमुख अतिथी रहनु भएको थियो । कलेजका सहायक क्याम्पस प्रमुख बाबुराम पन्थीले संचालन गर्नु भएको कार्यक्रममा कलेज संचालक समितिका कोषाध्यक्ष उत्तमलाल चुकेले कलेजले संचालन गरेको शैक्षिक कार्यक्रम सहित वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो ।
बालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा कलेजलाई विभिन्न तवरले सहयोग गर्ने विभिन्न २६ जनालाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले कलेजको शैक्षिक गुणस्तर विकासमा प्रविधिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिईएको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा कलेजका सस्थापक कोषाध्यक्ष केएल भुषण, वागमती प्रदेश सरकारका पुर्व मन्त्री तथा सांसद उत्तम जोशी, बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा, पुर्व सांसद भिम बहादुर श्रेष्ठ, बालकुमारी कलेज अल्मुनाई एशोसिएसनका अध्यक्ष अशोक लामिछाने, उवासंघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कलेजका सस्थापक प्रिन्सिपल चिरन्जीवि श्रेष्ठ, कलेज संचालक समिति सदस्य देवकी गौतम, कलेज सभा सदस्य राजेश्वर खनाल, वालकुमारी कलेज प्राध्यापक संघ सभापति शारदा खनाल, कर्मचारी परिषद्का कार्यवहाक अध्यक्ष ठाकुर प्रसाद आचार्य, नेविसंघ बालकुमारीका अध्यक्ष प्रकाश भण्डारीलगायतले बोल्नु भएको थियो ।