चितवन। चितवन चेम्बर अफ कमर्स चितवनको रणनीतिक योजना गोष्ठी सोमबार सम्पन्न भएको छ।
उद्योगी व्यवसायीहरुको छाता एवं अग्रणी संस्था चितवन चेम्बरले आगामी ३ वर्ष संस्थाले गर्ने योजना सहित रणनीति तयार गरेको हो । सञ्चालक समिति, विभिन्न उपसमिति,विषयगत संयोजक, सल्लाहाकार सहित ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एबं अस्ट्रेलिया का पूर्व राजदूत महेश दाहाल प्रमुख अतिथि एबं स्रोत व्यक्ति रहनुभएको थियो। अध्यक्ष गोपाल भट्टराईको अध्यक्ष्यता एबं उपाध्यक्ष रूबीन रामुदामूको संयोजकत्वमा आयोजना गरिएको हो।
वि स २०७५ मा स्थापना भएको सो संस्थाले उद्योगी व्यवसायीहरुको हक हित,नीति निर्माण लगायत विभिन्न सचेतना,तालिम गोष्ठी लगायत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। सोही सन्दर्भमा अहिलेको अवस्थामा उद्योगी व्यवसायीले भोग्नु परेको समस्या, आर्थिक क्षेत्रमा देखिएको चुनौती बारे साथै सरकारले प्रस्तुत गरिएको बजेटबारे चेम्बरको धारणाका विषयमा छलफल गरिएको थियो। व्यवसायीहरुबाट आएको गुनासो समस्या समाधानका लागि सरोकारवाला निकायहरु सँग छलफल गर्ने समेत निणर्य गरेको सचिव अर्जुन अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रममा चितवन चेम्बरका अध्यक्ष गोपाल भट्टराई नेपाल चेम्बर अफ कमर्सको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको भन्दै सम्मान गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष सोमप्रसाद काप्री, महासचिव महेश तिवारी, कोषाध्यक्ष अनुषा पाठक, सह–कोषाध्यक्ष प्रकाश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।